• भदौ २८, २०८२
  • No Comment
  • 72

सुर्खेतका सामुदायिक विद्यालय आइतबारदेखि ४ दिनका लागि बन्द

सुर्खेत। जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली प्रकट गर्दै सुर्खेतका सामुदायिक विद्यालय ४ दिनका लागि बन्द हुने भएका छन्।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल, सुर्खेतले जारी गरेको विज्ञप्तिअनुसार भदौ २९ गतेदेखि असोज २ गतेसम्म र असोज ५ गतेसम्म जिल्लाभरका सामुदायिक विद्यालयमा शैक्षिक गतिविधि बन्द रहनेछ। तर, आर्थिक र प्रशासनिक काम भने यथावत रहने महासंघले स्पष्ट पारेको छ।

महासंघका अध्यक्ष चन्द्रा कुमारी खड्काले जारी गरेको विज्ञप्तिमा पछिल्ला राजनीतिक घटनाक्रमका कारण शान्ति–सुरक्षाको अवस्था जोखिमपूर्ण बनेको उल्लेख छ। यस अवस्थामा विद्यालय सञ्चालन गर्दा बालबालिका असुरक्षित हुन सक्ने भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाइएको छ।

बन्दका कारण छुट्न सक्ने पठनपाठनका दिनलाई स्थानीय बिदासँग मिलाएर पुरा गर्न विद्यालयलाई अनुरोध गरिएको महासंघले जनाएको छ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *