- भदौ २८, २०८२
- No Comment
- 83
रवि लामिछाने कारागार फर्किन तयार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछाने प्रशासनले आवश्यक ठाने जुनसुकै बेला कारागार फर्किन तयार रहेको जनाएको छ।
रिहाइ प्रक्रियामा प्रयोग भएको पत्र विवादित बनेपछि शुक्रबार साँझ पार्टीले आधिकारिक धारणा सार्वजनिक गरेको हो। रास्वपाका प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, “सभापति लामिछाने कानुनी प्रक्रियाको सम्मान गर्न तयार हुनुहुन्छ। प्रशासनले खबर गरेसँगै कारागार फर्कन तयार हुनुहुन्छ,” भनेका छन्।
यसअघि शुक्रबार दिउँसो पार्टीका कार्यवाहक सभापति डीपी अर्याल, जिल्ला प्रशासन प्रमुख (सिडिओ) र कारागार प्रमुखबीच भेटवार्ता भएको थियो। उक्त भेटमा रास्वपाले प्रशासनलाई ‘खबर गरेपछि आउन तयार’ रहेको सन्देश दिएको झाले स्पष्ट पारेका छन्।
कार्यवाहक सभापति अर्यालले पनि रिहाइ पत्रमा प्राविधिक त्रुटि भएको स्वीकार गर्दै सम्पूर्ण समन्वय आफूले गरेको बताएका थिए। उनले लामिछाने कानुनी प्रक्रियाको लागि पूर्ण रूपमा तयार रहेको उल्लेख गरेका छन्।
यसै क्रममा, प्रशासनले आवश्यक ठानेमा लामिछाने पुनः कारागार जान तयार रहेको पार्टीले पुनः स्पष्ट पारेको छ।