• भदौ २७, २०८२
  • No Comment
  • 128

गगन थापालाइ प्रधानमन्त्री बनाउन प्रकृया अगाडी बढाउनु पर्छ, अध्यक्ष बिनोद सिंह बिष्ट

नेकपा एमालेबाट निर्वाचित वीरेन्द्नगर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष बिनोद सिंह बिष्टले नेपाली काँग्रेसका नेता गगन थापालाइ प्रधानमन्त्री बनाउन पहल गर्नु पर्ने बताएका छन । सामाजिक संजाल फेसबुकमा आफनो धारणा राख्दै उनले यस्तो बताएका हुन । उनले लेखेका छन । हाम्रो संबिधानको रक्षा भैसकेको छ । तर पनि खबरदारी गर्न छोड्नु हुँदैन । विदेशी दलाल,बालेन्द्र,रवि,यथास्थितिवादी

अन्यका झोलेहरु उफ्रिरहदा र मच्चिरहदा कांग्रेस र एमाले का आधिकारिक र संबिधानिक झोलेहरु कि चुपचाप छन तर कि अझै गुट,उपगुट र गुटबन्दी मै ब्यस्त छन १ संबिधानको मर्म अनुसार संसदको सबैभन्दा ठूलो दलले सरकार गठन गर्ने अधिकार प्राप्त गर्ने भएकोले,कांग्रेस ठुलो पार्टी हो । त्यसैले यो उसको संबिधानिक अधिकार कायम राख्दै निस्शर्त तत्काल कांग्रेसका माननीय गगन थापा लाई प्रधानमन्त्री बनाउन प्रक्रिया अघि बढाउनुपर्छ । यसो गरे संविधानको महत्त्व अझ बढेर जानेछ । आन्दोलनका एजेन्डाहरु स्थापित गर्न र देश बचाउन सकिन्छ । कसैलाई चित्त नबुझे नबुझ्न सक्छ । तर पनि उपयुक्त बाटो यहीँ नै हो ।

सम्बन्धित खबर

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…
भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी यात्रुको मृत्यु, धेरै घाइते

भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी…

राजस्थानको जैसलमेरमा हिजो बेलुका चलिरहेको एसी बसमा लागेको भीषण आगलागीमा २० भन्दा बढी यात्रुको मृत्यु भएको खबर आएको छ। बसमा सवार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *