• भदौ २७, २०८२
  • No Comment
  • 83

सुर्खेतमा जुवातास खेल्दै गरेका ७ जना जुवाडे पक्राउ

बिरेन्द्रनगर। सुर्खेतको बिरेन्द्रनगर–६ स्थित सन्देश रावतले सञ्चालन गरेको टास्किङ होटलमा जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहिबार साँझ ७:३० बजे प्रहरी नायब निरीक्षक राजन भट्टराईको कमाण्डमा खटिएको टोलीले होटलमा छापा मार्दा रु.६० हजार नगदसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा बिरेन्द्रनगर–६ का ३० वर्षीय देवेन्द्र अधिकारी, साेहि वडाका ३४ वर्षीय धर्म भण्डारी, २० वर्षीय तिलक प्रसाद पौडेल, वडा नम्बर- ४ का ३१ वर्षीय गणेश खड्का, ३३ वर्षीय टेक बहादुर गिरी, वडा नम्बर- ८ का ३१ वर्षीय रविन्द्र थापा र वडा नम्बर-६ का ३२ वर्षीय तेजराम पाण्डे रहेका छन्।

पक्राउ परेकालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *