• भदौ २६, २०८२
  • No Comment
  • 50

सुर्खेतमा निषेधाज्ञा उल्लङ्घन गर्ने ६ जना पक्राउ

सुर्खेत — सुर्खेतमा निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा ६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगरका विभिन्न स्थानमा निषेधाज्ञा पालना नगरी हिँडडुल गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा जुम्लाका बद्री बोहोरा, सुर्खेत विजौराका मोहन थापा, कालिकोट पचालझरनाका महेश बुढाथोकी र मिलन बस्नेत, तिलागुफाका प्रेम कुँवर र शुभकालिकाका पुष्पराज शाही रहेका छन्।

प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार शान्ति सुरक्षा र जनस्वास्थ्यलाई ध्यानमा राखी जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने कार्यलाई कडाइका साथ निगरानी गरिएको छ।

प्रहरीले निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गर्दै नियम उल्लङ्घन गर्ने जो कोहीलाई पनि कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ। जारी निषेधाज्ञा बिहीबार बिहान ८ः३० बजेदेखि साँझ ६ः०० बजेसम्म लागू हुनेछ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *