• भदौ २६, २०८२
  • No Comment
  • 84

आजको मौसमी पूर्वानुमान

२७ भदौ — मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित रहेको छ।

महाशाखाका अनुसार हाल मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो पनि देशभर आंशिकदेखि पूर्ण बदली रहने अनुमान छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भूभागका धेरै स्थानहरूमा र तराई भूभागका केही ठाउँमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै, मधेश प्रदेशसँगै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना छ।

आगामी २४ घण्टामा पनि यी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ। महाशाखाले पछिल्लो मौसमी सूचनाको जानकारी समयमै लिन पनि सरोकारवालाहरूलाई अनुरोध गरेको छ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *