• भदौ २५, २०८२
  • No Comment
  • 52

बाँकेको बाल सुधार गृहमा झडप : ५ को मृत्यु, २ घाइते

बाँके। बाँकेको नौबस्तास्थित बाल सुधार गृहमा गएराति भएको झडपमा पाँच जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समीर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेका छन्।

झडपका क्रममा घाइते भएका सात जनामध्ये पाँच जनालाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएका थिए। तर, चिकित्सकले सबैलाई मृत घोषणा गरेका थिए। उनीहरूको प्रायः टाउकोमा गम्भीर चोट लागेको अस्पताल स्रोतले जनाएको छ।

सुधार गृहमा रहेका युवाहरूले देशभर चर्किएको जेन जी आन्दोलनको प्रभावमा भाग्ने प्रयास गर्दा प्रहरी र सुरक्षा निकायले रोक्न खोजेपछि घटना बढेको बताइएको छ। सो क्रममा कैदीबालक र प्रहरीबीच झडप भएको थियो।

हाल दुई जना घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको छ भने केही युवा सुधार गृहबाट भाग्न सफल भएको र केही भित्रै रहेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *