• भदौ २४, २०८२
  • No Comment
  • 62

काठमाडौंमा कर्फ्यु सकियो, सुरक्षा समितिको बैठकपछि थप निर्णय हुने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजोदेखि लागू गरेको कर्फ्यु आदेश आज बिहान ५ बजे सकिएको छ। अहिले राजधानीका सडकमा सवारीसाधन फाट्टफुट्ट चलिरहेका छन् भने सफाइकर्मीहरू नियमित सरसफाइमा खटिएका छन्।

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध प्रदर्शनका क्रममा हिजो प्रहरीले चलाएको गोली लागेर १९ जनाको ज्यान गएको थियो। प्रदर्शन नियन्त्रण गर्ने क्रममा उत्पन्न परिस्थितिपछि जिल्ला प्रशासन कार्यालयले हिजो मध्याह्नदेखि कर्फ्यु आदेश जारी गरेको थियो।

प्रशासनले त्यसलाई बढाउँदै आज बिहान ५ बजेसम्म लम्ब्याएको भए पनि कर्फ्यु थप लम्ब्याइने वा पूर्ण रूपमा हटाइनेबारे औपचारिक जानकारी अझै दिइएको छैन। प्रमुख जिल्ला अधिकारीदेखि प्रवक्तासम्म कसैले फोन उठाउन नसकेको कारण आधिकारिक धारणा बाहिर आएको छैन।

जिल्ला प्रशासन कार्यालयका एक अधिकारीका अनुसार आजै जिल्ला सुरक्षा समितिको बैठक बसेर थप निर्णय हुने छ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *