- भदौ २३, २०८२
- No Comment
- 75
जाजरकोटमा बोलेरो जीप दुर्घटना : ७ जना घाइते

जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा सोमबार बिहान बोलेरो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। साेमबार विहान शिवालयबाट छेडातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३५० नम्बरको जीप थलह–छेडा सडकखण्डको साल्टडामा करिब २६ मिटर तल खोलामा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
दुर्घटनामा चालक शिवालय–८ का २६ वर्षीय हस्त बुढा, भेरी नगरपालिका–१ की ४६ वर्षीया अबिकला राना र शिवालय–३ का ५० वर्षीय पशुपति शर्मा सहित ७ जना घाइते भएका छन्। उनीहरूको टाउको, निधार, खुट्टा र पेटमा चोट लागेर अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। अन्य तीन घाइतेको भने पहिचान खुलेको छैन।
जीपमा ९ जना सवारमध्ये २ जना सकुशल रहेका छन्। घाइतेहरूलाई स्थानीयवासीको सहयोगमा उद्धार गरी सुर्खेतको सिम्ता गाउँपालिका स्थित जामुने बजारमा उपचारका लागि पठाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।