- भदौ १७, २०८२
- No Comment
- 90
उपचारका लागि सहयोगको अपिल

सुर्खेत । जिल्लाको चौकुने गाउँपालिका वडा नम्बर ९ का कमल बहादुर बि क को उपचारको लागि परिवारले सहयोगको अपिल गरेको छ। कमल बहादुर बि.क को मिति २०८२/५ / ३ गते विद्युतको पोलमा चडेर तार जोड्ने क्रममा उच्च भोल्टेजको कारण करेन्ट लागेर पोलबाट खस्दाँ गर्दनको हड्डी र नसामा समेत गम्भीर समस्या आएको हुँदा उपचारमा समस्या भएको छ । नेपालगञ्ज अस्पतालमा उपचारगर्दा पनि कुनै सुधार नभएपछि अहिले भारतको लखनउमा उपचार भईरहेको छ आर्थिक अभावका कराण उपचारका लागि सबैसामु सहयोगको अपेक्षा गरिएको छ ।
दाजु गणेश बहादुर बि क का अनुसार कमलको उपचारको लागि देश विदेशमा रहेका सहयोगी मनहरूलाई जीवन रक्षाका लागि सबैले सहयोग गर्नुहुनेछ भन्ने धेरै ठूलो आशा, र अपेक्षा राखेको बताउनुभएको छ ।’
सहयोग गर्न चाहने इच्छुक व्यक्तिहरूले ,9844875165, मा सम्पर्क गर्न पनि उहाँले अनुरोध गर्नु भएको छ ।