• भदौ १६, २०८२
  • No Comment
  • 103

सरकारकाे तीन तहबीच सम्बन्ध सुदृढ गर्न आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सुदृढ भए मात्र विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताएका छन् ।

आज कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद्को तेस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले तीनै तहबीच सहकार्य र समन्वयलाई मजबुत बनाउनुपर्नेमा जोड दिए । उनका अनुसार, सङ्घ र प्रदेशले नीति तथा योजना बनाए पनि कार्यान्वयनको वास्तविक स्थान स्थानीय तह भएकाले त्यसलाई सक्षम र जिम्मेवार बनाउन आवश्यक छ ।

मुख्यमन्त्री कँडेलले सीमित स्रोत साधनको सदुपयोग गर्नुपर्नेमा जोड दिंदै समस्या मात्र देखाउने होइन, समाधानका व्यवहारिक उपाय खोज्ने प्रवृत्ति विकास गर्नुपर्ने धारणा राखे । उनले विधि, कानुन र पारदर्शिताको पालना गर्दै विभेदरहित काम गर्न सबैलाई आग्रह समेत गरे ।

उनले सङ्घीय व्यवस्थालाई प्रभावकारी बनाउन कानुनी स्पष्टता र प्रक्रियागत पारदर्शिता अपरिहार्य रहेको बताए ।

सम्बन्धित खबर

Thunderstruck Trial Élvezd Trinocasino bejelentkezési probléma a 100%-ban ingyenes…

Blogok Trinocasino bejelentkezési probléma – Thunderstruck játék alternatívák és nyeremények Weboldal artista pressuroso HeroSpin Helyi kaszinó sobre Portugália Minden idők három…
कालिकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही नै उम्मेदवार, मुगुमा चन्द्रबहादुर शाही

कालिकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही नै उम्मेदवार, मुगुमा चन्द्रबहादुर शाही

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कालिकोटमा पुनः महेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि पार्टी अध्यक्ष प्रचण्डलाई एकल सिफारिस…

Navigating the Digital Casino: Your Beginner’s Guide to Yoyo…

So, you’re dipping your toes into the exciting world of online casinos in Sweden? Welcome! It’s a thrilling experience, but it’s…

Leave a Reply

Your email address will not be published. Required fields are marked *