• भदौ ७, २०८२
  • No Comment
  • 253

लिपुलेक विषयमा अखिल (क्रान्तिकारी) सुर्खेतको विरोध प्रदर्शन

 सुर्खेत – अखिल (क्रान्तिकारी) सुर्खेत बहुमुखी क्याम्पस समितिले लिपुलेकलाई व्यापारिक नाका बनाएर भारतीय–चिनियाँ हस्तक्षेपकारी षड्यन्त्र भइरहेको भन्दै विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष अटल आचार्य, कर्णाली प्रदेश सदस्य भीम आचार्य, उपाध्यक्षहरू हिक्मत शाही र प्रकाश विकसहित विभिन्न संगठनका नेताहरूको उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष अटल आचार्यले सरकार राष्ट्रिय स्वाधीनताको विषयमा गैरजिम्मेवार बन्दै गएको आरोप लगाए। प्रदेश उपाध्यक्ष हिक्मत शाहीले प्रचण्ड सरकारले अन्तर्राष्ट्रिय सन्धि–सम्झौतामा निर्बल भूमिका खेलेको बताए। प्रकाश विकले सीमा विवाद समाधानका लागि सरकार र प्रतिपक्ष एकजुट हुनुपर्ने धारणा राखे।

त्यस्तै, मध्यपश्चिम विश्वविद्यालय इन्चार्ज दिपेन्द्र जंग शाहीले सरकारले सीमा विवाद समाधानभन्दा सत्ता जोगाउने अभियानलाई प्राथमिकता दिएको आरोप लगाए। प्रदेश नेता भीम आचार्यले सीमा संरक्षणमा राज्यले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा अखिल (क्रान्तिकारी)का नेता–कार्यकर्ताको बाक्लो उपस्थिति रहेको सचिव अर्जुन बुढाले जानकारी दिए। कार्यक्रममा सरकारले राष्ट्रियता र स्वाधीनताको अडान मजबुत पार्दै सीमा विवाद तत्काल समाधान गर्नुपर्ने माग उठाइएको छ।

सम्बन्धित खबर

सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख १६ हजारको बजेट

सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख…

सुर्खेत। चौकुने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड ७४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम…
अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३ पुरुष नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३…

धनगढी । अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३ पुरुष प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रका…
कर्णालीमा मर्यादित महिनावारी व्यवस्थापनबारे संवाद कार्यक्रम सम्पन्न

कर्णालीमा मर्यादित महिनावारी व्यवस्थापनबारे संवाद कार्यक्रम सम्पन्न

सुर्खेत । कर्णाली प्रदेशमा मर्यादित महिनावारी व्यवस्थापनको वर्तमान अवस्था, चुनौती, अवसर तथा आगामी कार्यदिशाबारे बहुपक्षीय छलफल गर्ने उद्देश्यले “महिनावारी संवाद” कार्यक्रम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *