- साउन २९, २०८२
- No Comment
- 92
सुर्खेतमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले करिब साढे पाँच ग्राम अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जना युवकलाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ सुब्बाकुनाबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का १८ वर्षीय किरण थापा र २२ वर्षीय विक्रान्त वली रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण शाखाको संयुक्त टोलीले उनीहरुलाई शनिबार राति ९ बजेतिर शंकास्पद अवस्थामा फेला पारेको थियो ।
प्रहरीले उनीहरुको शरीर खानतलासी गर्दा ५ ग्राम ५४० मिलिग्राम शुद्ध ब्राउनसुगर बरामद गरेको हो । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको छ । अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।