• साउन २९, २०८२
  • No Comment
  • 186

सुर्खेतमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

 सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले करिब साढे पाँच ग्राम अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जना युवकलाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ सुब्बाकुनाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का १८ वर्षीय किरण थापा र २२ वर्षीय विक्रान्त वली रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण शाखाको संयुक्त टोलीले उनीहरुलाई शनिबार राति ९ बजेतिर शंकास्पद अवस्थामा फेला पारेको थियो ।

प्रहरीले उनीहरुको शरीर खानतलासी गर्दा ५ ग्राम ५४० मिलिग्राम शुद्ध ब्राउनसुगर बरामद गरेको हो । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको छ । अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *