- साउन २९, २०८२
- No Comment
- 194
सुर्खेतमा राजश्व छलीका सामान सहित ई–भि गाडी नियन्त्रणमा

सुर्खेत – सुर्खेत प्रहरीले राजश्व छली गर्दै बिना बिल–बिजक सामान ओसारपसार गर्ने क्रममा एक ई–भि गाडी सहित चालकलाई नियन्त्रणमा लिएको छ।
बुधबार साँझ ६ बजे गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर–११ शुब्बाकुना सडक खण्डमा चेकजाँच गर्दा वीरेन्द्रनगर–१० बस्ने बालकृष्ण खड्काले चलाइरहेको बा.प्र.०३-००१ ज.०६७६ नम्बरको ई–भि गाडीबाट ठूलो मात्रामा बिना बिल–बिजकका सामान बरामद गरेको हो।
बरामद सामानमा २० केजीका पास्ता ६ बोरा, पानीपुरी बनाउन प्रयोग हुने ३० केजीका चिनी १९ बोरा, ‘डिउ’ चोसो पेयपदार्थ ५० थान, मिक्स जुस २४ थान, काजु २० प्याकेट रहेका छन्। यी सबै सामानसहित गाडीको अन्दाजी मूल्य ४१ लाख १४ हजार ८८० रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले चालक खड्कासहित ई–भि गाडी र बरामद सामानलाई थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर, बाँके पठाएको छ।



