• साउन २८, २०८२
  • No Comment
  • 114

सुर्खेतमा आँखामा चक्कु प्रहार गरी फरार अभियुक्त काठमाडौंबाट पक्राउ

सुर्खेत । जिल्ला सुर्खेतमा एक युवकको आँखामा धारिलो चक्कु प्रहार गरी फरार रहेका अभियुक्तलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दाका प्रतिवादीलाई घटना भएको करिब तीन हप्तापछि पक्राउ गरिएको हो ।

मिति २०८२ साल साउन ९ गते राती करिब पौने १२ बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ स्थित बसपार्कको माथिल्लो गेटमा लेकबेसी नगरपालिका–६ निवासी २२ वर्षीय ललित परियारमाथि सांघातिक आक्रमण भएको थियो । आक्रमणमा परी परियारको आँखामा गम्भीर चोट लागेको थियो ।

घटनालगत्तै आक्रमणकारी फरार रहेका थिए । प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा जुम्लाको हिमा गाउँपालिका वडा नं. ३ घर भई हाल सुर्खेत वीरेन्द्रनगर–९ मा बस्दै आएका २१ वर्षीय नवराज रावतको पहिचान गरी खोजी कार्य तीव्र पारेको थियो ।

 जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार फरार रहेका रावत काठमाडौं जिल्लाको महानगरपालिका–१० बुद्धनगरमा लुकिछिपी बसेको अवस्थामा फेला परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष सहयोगमा उनलाई साउन २७ गते पक्राउ गरिएको हो ।

पक्राउ परेका रावतलाई साउन २८ गते जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा उपस्थित गराईएको छ । उनीमाथि ज्यान मार्ने उद्योग तथा अंगभंग सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *