• साउन २८, २०८२
  • No Comment
  • 241

राप्रपा सुर्खेतमा विवाद: अध्यक्ष पुरीविरुद्ध अविश्वासको प्रस्ताव पेस

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुर्खेतका जिल्ला कार्यसमिति अध्यक्ष कबिराम पुरीविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ । पार्टीकी उपाध्यक्ष लक्ष्मी सार्की (अन्जु बस्याल) को अध्यक्षतामा बसेको जिल्ला कार्यसमितिको बैठकले दुई तिहाइ बहुमतका आधारमा अध्यक्ष पुरीलाई पदमुक्त गर्न कर्णाली प्रदेश कार्यसमितिमा सिफारिस गर्ने निर्णय गरेको हो ।

साउन २३ गते बसेको बैठकले अध्यक्ष पुरीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने निर्णय गरेको थियो । प्रस्तावमा अध्यक्ष पुरीले २०७८ सालमा निर्वाचित भएदेखि हालसम्म जिल्ला कार्यसमितिको पूर्ण बैठक राख्न नसकेको, पार्टीलाई व्यक्तिगत स्वार्थमा सञ्चालन गर्न खोजेको र सङ्गठन विस्तारमा उदासीन रहेको आरोप लगाइएको छ । यी कारणहरूले गर्दा पार्टीका सक्रिय सदस्यहरूको सङ्ख्यामा उल्लेख्य गिरावट आएको प्रस्तावमा उल्लेख छ ।

अविश्वासको प्रस्तावमा भनिएको छ, “निजको गतिविधि पार्टीगत भन्दा व्यक्तिगत रुपले सञ्चालन गर्न खोजेको, पार्टीको सङ्गठन विस्तारका निम्ति कुनै पनि चासो नदिएको जस्को कारण विगतको भन्दा सक्रिय सदस्यहरूको सङ्ख्या उल्लेख्य रुपमा घटेको लगायतका विधिवत् मुद्दाहरू राखी अध्यक्ष पुरीलाई अविश्वासको प्रस्ताव पेस गर्दै विधान अनुरुप माथिल्लो तहमा बुझाउने निर्णय भएको हो ।”

यसअघि, पार्टीभित्रको विवादका कारण साउन ५ गते राप्रपा निकट युवक सङ्गठनले सुर्खेतस्थित पार्टी कार्यालयमा तालाबन्दी गरेको थियो । अध्यक्ष पुरीले उक्त तालाबन्दीको विषयमा कुनै चासो नदेखाएको, आन्तरिक विवाद समाधान गर्नुको सट्टा युवक सङ्गठनको मागलाई बेवास्ता गरी पार्टीलाई कमजोर बनाउने गतिविधिमा लागेको आरोप पनि लगाइएको छ ।

पार्टीको हितविपरीत काम गरेको ठहर गर्दै राप्रपा जिल्ला कार्यसमिति सुर्खेतका दुई तिहाइ बहुमत सदस्यहरूले राप्रपाको विधान २०४७ (२०७८ को संशोधन सहित) अनुसार अविश्वासको प्रस्तावमार्फत अध्यक्ष पुरीलाई पदबाट हटाउने निर्णय गरेका हुन् । यो निर्णय अनुमोदनका लागि अब कर्णाली प्रदेश कार्यसमितिमा पठाइनेछ ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *