• साउन २८, २०८२
  • No Comment
  • 224

दैलेखमा बलात्कारको भयावह अवस्था: एकै महिनामा ५ घटना, नागरिक समाजद्वारा गम्भीर चिन्ता व्यक्त

दैलेख। दैलेख जिल्लामा पछिल्लो समय बलात्कारका घटनाहरूले भयावह रूप लिएको छ, जसले सिङ्गो समाजलाई नै स्तब्ध बनाएको छ। साउन महिना सुरु भएयता मात्रै जिल्लाका विभिन्न स्थानमा ५ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन्। अझ चिन्ताको विषय त यो छ कि पीडितमध्ये ४ जना नाबालिका हुन् र तीमध्ये १६ वर्षभन्दा कम उमेरका ३ जनाले बलात्कृत भएपछि बच्चासमेत जन्माएका छन्। यो तथ्याङ्कले जिल्लामा महिला तथा बालबालिकाको सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ।

यो विकराल अवस्थाप्रति गैरसरकारी संस्था महासंघ (गैसस) र दैलेखको नागरिक समाजले गहिरो चिन्ता व्यक्त गरेका छन्। उनीहरूले एक सार्वजनिक अपिल जारी गर्दै यस्ता घटना रोकथामका लागि राज्यका निकाय र समुदायलाई एकजुट हुन आग्रह गरेका छन्। नागरिक समाजका अगुवाहरूले जिल्ला प्रहरी प्रमुख गणेशबहादुर बराललाई भेटेर अधिकांश घटनाका आरोपितलाई पक्राउ गर्न सफल भएकोमा धन्यवाद दिँदै आगामी दिनमा प्रहरीलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यस गम्भीर समस्याबारे सबै सरोकारवालाहरूसँग बृहत् छलफल गरी ठोस कदम चाल्ने तयारी नागरिक समाजले गरेको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *