• साउन २७, २०८२
  • No Comment
  • 109

चौकुने ६ मा नवनिर्मित वडा कार्यालय भवनकाे मुख्यमन्त्री कँडेलद्वरा उद्घाटन

चौकुने । सुर्खेतको चौकुने गाँउपालिका वडा नम्बर ६ मा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । भव्य कार्यक्रमका बिच कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेलले नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्नु भएको हो ।कूल ७७ लाख रुपैयाँको लागतमा वडा कार्यालयको भवन निर्माण गरिएको हाे ।

वडा कार्यालयकाे भवन निर्माणले वडा कार्यालयकाे सेवा प्रवाह सहज हुने भएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री यामलाल कडेलले विकास निर्माणका काममा सबै दल एकजुट भएर लाग्नुपर्नेमा जोड दिनु भएको छ । आफ्नो गाँउठाँउको विकास भएमात्रै जनताले लोकतन्त्र र संघीयताको अनुभूती गर्न सक्ने उहाँले बताउनुभयो । चौकुने गाँउपालिका वडा न.६ का वडा अध्यक्ष गोबिन्द थापाले आफनै भवनमा अब वडा कार्यालय सञ्चालनममा आएपछि सेवा प्रवाहमा कर्मचारीलाई सहज हुने र त्यसबाट सेवाग्राहीहरुपनि लाभान्वित हुने बताउनु भयो ।

त्यस्तै वडा कार्यालय भवन निमार्णका लागी जग्गा उपलब्ध गराउने भिम बहादुर थापालाई दोसल्ला सहित सम्मान गरिएको थियो । वडाध्यक्ष गोबिन्द थापाको अध्यक्षता तथा मुख्यमन्त्री यामलाल कडेलको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा वडा न ८ का वडा अध्यक्ष कमल बहादुर जि सी , प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर बि क लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, शिक्षक, कर्मचारी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो। वडा कार्यालयकाे प्राङ्गणमा भएकाे उद्घाटन समाराेहकाे स्वागत मन्तव्य वडा सचिव सीता पाण्डेको रहेको कार्यक्रमको सञ्चालन चौकुनेगाउँपालिकाका बिपद ब्यस्थापन शाखा प्रमुख पदमराज शर्माले गर्नु भएको थियो ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *