• साउन २३, २०८२
  • No Comment
  • 124

अछामको बयालपाटा अस्पताल प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्न कानुनी पूर्वाधार तयार

सुदूरपश्चिम । अछामको साँफेबगर नगरपालिका–७ स्थित बयालपाटा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्न सुदूरपश्चिम प्रदेश सरकारले कानुनी पूर्वाधार तयार पारेको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले “बयालपाटा प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापन (गठन) आदेश, २०८२” जारी गरी अस्पताललाई पूर्ण रूपमा प्रादेशिक तहमा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाएको हो। यसअघि नै नेपाल सरकारबाट स्वीकृति प्राप्त गरिसकेको अस्पताल साउन मसान्तसम्म आवश्यक जनशक्ति व्यवस्थापन गरी भदौ १ गतेदेखि प्रादेशिक अस्पतालको रूपमा सञ्चालनमा ल्याइने तयारी गरिएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहका अनुसार, अस्पताललाई गुणस्तरीय, प्रभावकारी र जनसामान्यको पहुँचमा हुने स्वास्थ्य सेवा दिने लक्ष्यका साथ प्रदेश सरकारले स्वामित्व ग्रहण गरी सञ्चालनमा ल्याउने भएको हो।

गठन आदेशअनुसार, अस्पतालको कार्यकारी प्रमुखको रूपमा कार्यकारी निर्देशक नियुक्त गरिनेछ। लोकसेवा आयोगको समन्वयमा चिकित्साशास्त्रमा स्नातकोत्तर गरी कम्तीमा १० वर्षको अनुभव भएका व्यक्तिमध्येबाट प्रदेश सरकार (मन्त्रिपरिषद्) ले नियुक्ति गर्नेछ। निर्देशकको कार्यकाल ३ वर्षको हुने छ भने प्रदेशको एघारौं तह बराबर पारिश्रमिक तथा सुविधा पाउने व्यवस्था गरिएको छ।

अस्पतालमा आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी, प्रशासनिक र अन्य जनशक्ति स्वीकृत सङ्गठन संरचना तथा दरबन्दीअनुसार व्यवस्थापन गरिनेछ। स्थायी पदपूर्ति प्रदेश लोकसेवा आयोगमार्फत गरिने र त्यो नभएसम्म करार प्रणालीमार्फत जनशक्ति व्यवस्थापन गर्न सकिने कानुनी व्यवस्था गरिएको छ।

अस्पताल सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन अस्पताल व्यवस्थापन समिति गठन गरिनेछ। समितिको अध्यक्ष अस्पताल रहेको स्थानीय तहका प्रमुख हुनेछन्। अन्य सदस्यमा प्रमुख जिल्ला अधिकारी वा प्रतिनिधि, सम्बन्धित वडाका वडाध्यक्ष, स्वास्थ्य कार्यालय प्रमुख, जिल्ला रेडक्रस प्रमुख, एक जना महिला र दुईजना मनोनीत सदस्य रहनेछन्। कार्यकारी निर्देशक सदस्य सचिव रहने छन्।

अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण बजेट प्रदेश सरकारले उपलब्ध गराउने गठन आदेशमा उल्लेख गरिएको छ।

यससँगै, लामो समयदेखि निजी साझेदारीमा सञ्चालित बयालपाटा अस्पताल अब पूर्ण रूपमा प्रदेश सरकार मातहत प्रादेशिक अस्पतालका रूपमा सञ्चालनमा आउने पक्का भएको छ।

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *