• भदौ १३, २०८२
  • No Comment
  • 94

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकसम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा पेस

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस गरिएको छ । शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा समितिकी सभापति तुलसाकुमारी दाहालले प्रतिवेदन प्रस्तुत गर्दै सो विधेयक उपर २९ जना सांसदले ७१ बुँदामा संशोधन प्रस्ताव दर्ता गराएको जानकारी दिइन् ।

समितिले ती संशोधन प्रस्तावहरूबारे विज्ञ तथा सरोकारवाला निकायहरूसँग विस्तृत छलफल गरी प्रतिवेदन तयार पारेको सभापति दाहालले बताइन् । उनका अनुसार प्रस्तुत विधेयकले विधि विज्ञानसम्बन्धी अध्ययन, अनुसन्धान र परीक्षणलाई अझ प्रभावकारी, विश्वसनीय र विशिष्टीकृत बनाउन राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *