• भदौ १३, २०८२
  • No Comment
  • 134

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकसम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा पेस

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस गरिएको छ । शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा समितिकी सभापति तुलसाकुमारी दाहालले प्रतिवेदन प्रस्तुत गर्दै सो विधेयक उपर २९ जना सांसदले ७१ बुँदामा संशोधन प्रस्ताव दर्ता गराएको जानकारी दिइन् ।

समितिले ती संशोधन प्रस्तावहरूबारे विज्ञ तथा सरोकारवाला निकायहरूसँग विस्तृत छलफल गरी प्रतिवेदन तयार पारेको सभापति दाहालले बताइन् । उनका अनुसार प्रस्तुत विधेयकले विधि विज्ञानसम्बन्धी अध्ययन, अनुसन्धान र परीक्षणलाई अझ प्रभावकारी, विश्वसनीय र विशिष्टीकृत बनाउन राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *