• साउन २३, २०८२
  • No Comment
  • 104

समृद्ध कर्णाली निर्माणका लागि युवा र जनप्रतिनिधिबीच सीधा संवाद हुने

 – अन्तर्राष्ट्रिय युवा दिवसमा ‘अब युवालाई सुनौ’ अभियान अन्तर्गत प्रादेशिक बहस आयोजना

सुर्खेतअन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर कर्णाली प्रदेशको राजधानी सुर्खेतमा “समृद्ध कर्णालीका लागि युवा” विषयक एक विशेष प्रादेशिक बहस कार्यक्रम आयोजना हुने भएको छ। कर्णाली युथ सोसाइटीको आयोजनामा हुने यस कार्यक्रमले प्रदेशका युवा र नीति निर्माण तहमा रहेका जनप्रतिनिधिहरूलाई एउटै मञ्चमा ल्याएर सीधा संवाद गराउने लक्ष्य राखेको छ।

आगामी २०८१ साल श्रावण २६ गते (अन्तर्राष्ट्रिय युवा दिवस) का दिन बिहान ११:०० बजेदेखि मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय सभाहल, कुइनेपानीमा कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ। ‘अब युवालाई सुनौ’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो बहस कर्णालीका दशवटै जिल्लाका युवाहरूको साझा आवाज बन्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको मुख्य उद्देश्य कर्णालीका युवाहरूले भोगिरहेका समस्या, उनीहरूका गुनासा र प्रदेश विकासका लागि उनीहरूले देखेका सपना एवं सुझावहरूलाई जनप्रतिनिधि तथा माननीयहरू समक्ष प्रत्यक्ष रूपमा पुर्‍याउनु रहेको छ। यसले युवा र सरकारबीचको दूरी घटाउनुका साथै युवामैत्री नीति निर्माणका लागि ठोस आधार प्रदान गर्ने विश्वास लिइएको छ।

आयोजक संस्थाका अनुसार कार्यक्रममा कर्णालीका दशवटै जिल्लाबाट युवा प्रतिनिधिहरू र दशवटै जिल्लाको प्रतिनिधित्व गर्ने माननीयहरूको सहभागिता रहनेछ। यसले गर्दा हरेक जिल्लाका विशिष्ट समस्या र सम्भावनाहरूमाथि केन्द्रित भएर छलफल गर्न सहज हुनेछ। “यो कार्यक्रम केवल एकदिने छलफल मात्र होइन, कर्णालीका युवाको सामर्थ्य र सम्भावनालाई प्रदेशको नीति निर्माण तहसम्म पुऱ्याउने एक प्रतिवद्धता हो,” आयोजक संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी युवाका आवाजलाई केवल सुन्नेछैनौं, समाधानका लागि एक मार्गचित्र बनाउन पहल गर्नेछौं।”

आयोजकले कर्णाली प्रदेशको विकासमा योगदान दिन चाहने सम्पूर्ण युवाहरूलाई यस ऐतिहासिक अवसरमा सहभागी भई आफ्नो आवाज राख्न र समृद्ध कर्णाली निर्माणको अभियानमा जोडिन हार्दिक निमन्त्रणा गरेको छ।

सम्बन्धित खबर

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…
रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

सर्लाही– बिरामी बोक्ने उद्देश्यले प्रयोग गरिने एम्बुलेन्समै गाँजा ओसारपसार भइरहेको तथ्य सर्लाहीमा पक्राउ परेका एक एम्बुलेन्ससहित सार्वजनिक भएको छ। प्रहरीको विशेष…
भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *