• साउन २३, २०८२
  • No Comment
  • 155

समृद्ध कर्णाली निर्माणका लागि युवा र जनप्रतिनिधिबीच सीधा संवाद हुने

 – अन्तर्राष्ट्रिय युवा दिवसमा ‘अब युवालाई सुनौ’ अभियान अन्तर्गत प्रादेशिक बहस आयोजना

सुर्खेतअन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर कर्णाली प्रदेशको राजधानी सुर्खेतमा “समृद्ध कर्णालीका लागि युवा” विषयक एक विशेष प्रादेशिक बहस कार्यक्रम आयोजना हुने भएको छ। कर्णाली युथ सोसाइटीको आयोजनामा हुने यस कार्यक्रमले प्रदेशका युवा र नीति निर्माण तहमा रहेका जनप्रतिनिधिहरूलाई एउटै मञ्चमा ल्याएर सीधा संवाद गराउने लक्ष्य राखेको छ।

आगामी २०८१ साल श्रावण २६ गते (अन्तर्राष्ट्रिय युवा दिवस) का दिन बिहान ११:०० बजेदेखि मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय सभाहल, कुइनेपानीमा कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ। ‘अब युवालाई सुनौ’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो बहस कर्णालीका दशवटै जिल्लाका युवाहरूको साझा आवाज बन्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको मुख्य उद्देश्य कर्णालीका युवाहरूले भोगिरहेका समस्या, उनीहरूका गुनासा र प्रदेश विकासका लागि उनीहरूले देखेका सपना एवं सुझावहरूलाई जनप्रतिनिधि तथा माननीयहरू समक्ष प्रत्यक्ष रूपमा पुर्‍याउनु रहेको छ। यसले युवा र सरकारबीचको दूरी घटाउनुका साथै युवामैत्री नीति निर्माणका लागि ठोस आधार प्रदान गर्ने विश्वास लिइएको छ।

आयोजक संस्थाका अनुसार कार्यक्रममा कर्णालीका दशवटै जिल्लाबाट युवा प्रतिनिधिहरू र दशवटै जिल्लाको प्रतिनिधित्व गर्ने माननीयहरूको सहभागिता रहनेछ। यसले गर्दा हरेक जिल्लाका विशिष्ट समस्या र सम्भावनाहरूमाथि केन्द्रित भएर छलफल गर्न सहज हुनेछ। “यो कार्यक्रम केवल एकदिने छलफल मात्र होइन, कर्णालीका युवाको सामर्थ्य र सम्भावनालाई प्रदेशको नीति निर्माण तहसम्म पुऱ्याउने एक प्रतिवद्धता हो,” आयोजक संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी युवाका आवाजलाई केवल सुन्नेछैनौं, समाधानका लागि एक मार्गचित्र बनाउन पहल गर्नेछौं।”

आयोजकले कर्णाली प्रदेशको विकासमा योगदान दिन चाहने सम्पूर्ण युवाहरूलाई यस ऐतिहासिक अवसरमा सहभागी भई आफ्नो आवाज राख्न र समृद्ध कर्णाली निर्माणको अभियानमा जोडिन हार्दिक निमन्त्रणा गरेको छ।

सम्बन्धित खबर

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक जनाको मृत्यु

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक…

सुर्खेत, असार १४ — सुर्खेतको पञ्चपुरी नगरपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–९ कुलिबाद निवासी अन्दाजी…
जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असार…
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

कर्णाली । कर्णाली प्रदेशमा क्रिकेट खेलको विकास र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *