• साउन २२, २०८२
  • No Comment
  • 174

भेरी नदी किनारमा एक बेवारिसे शव फेला

सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित भेरी नदी किनारमा एक बेवारिसे शव फेला परेको छ। बिहीबार बिहान स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शव अत्यन्तै क्षतविक्षत अवस्थामा फेला परेको हो । प्रहरी निरीक्षक रेशम खत्रीले शवको नाम, थर र वतन खुल्न नसकेको जानकारी दिए । शव यति बिग्रिसकेको छ कि तत्काल पहिचान गर्न सकिने अवस्था छैन उनले भने  तर, हामी अनुसन्धानमा जुटिरहेका छौं ।

शव लामो समयदेखि पानीमा वा नदी किनारमा रहेको अनुमान गरिएको छ। प्रहरीका अनुसार शरीरको माथिल्लो भाग पूर्ण रूपमा नष्ट भइसकेको छ भने तल्लो भाग गलेको, कीरा लागेको, छालाको रंग परिवर्तन भएको र फोहोरले ढाकिएको अवस्थामा भेटिएको छ।

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *