- साउन २२, २०८२
- No Comment
- 89
भेरी नदी किनारमा एक बेवारिसे शव फेला

सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित भेरी नदी किनारमा एक बेवारिसे शव फेला परेको छ। बिहीबार बिहान स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शव अत्यन्तै क्षतविक्षत अवस्थामा फेला परेको हो । प्रहरी निरीक्षक रेशम खत्रीले शवको नाम, थर र वतन खुल्न नसकेको जानकारी दिए । शव यति बिग्रिसकेको छ कि तत्काल पहिचान गर्न सकिने अवस्था छैन उनले भने तर, हामी अनुसन्धानमा जुटिरहेका छौं ।
शव लामो समयदेखि पानीमा वा नदी किनारमा रहेको अनुमान गरिएको छ। प्रहरीका अनुसार शरीरको माथिल्लो भाग पूर्ण रूपमा नष्ट भइसकेको छ भने तल्लो भाग गलेको, कीरा लागेको, छालाको रंग परिवर्तन भएको र फोहोरले ढाकिएको अवस्थामा भेटिएको छ।