- साउन २०, २०८२
- No Comment
- 108
चौकुनेमा नेपाल टेलिकमको टावरले काम नगर्दा सेवाग्राही मर्कामा

नेपाल टेलिकमको टावरले काम नगर्दा चौकुने गाउँपालिका वडा नम्बर एक र दुई आसपासका क्षेत्रका सेवाग्राही मर्कामा परेका छन् । चौकुने गाउँपालिका वडा न २ भैरेली डाँडामा रहेको टावरले काम नगरे पछि आफन्तलाई फोन गर्न, अत्यावश्यक कामका लागि सम्पर्क गर्न र ईन्टरनेट चलाउन समेत समस्या भएको स्थानीयबासी लाल बहादुर थापाले जानकारी दिनु भएको छ । देशकै ठुलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको टावरमा समस्या आउनु लज्जाष्पद भएको बताएका छन् ।
यता नेपाल दूरसञ्चार कार्यालय सुर्खेतले भने निरन्तर परेको वर्षाका कारण टेलिकमको टावरमा खराबि आएकोले नेटवर्कमा समस्या भएको बताएको छ यसबारेमा नेपाल दुर संचार कार्यालय सुर्खेतमा जानकारी गराउदाँकार्यालय प्रमुख शुस्मा गौतमले चौकुने गाउँपालिकाको पश्चिममा विद्युत सेवा नभएकोले टावरमा सोलार जोडिएको र ब्याट्रीमा समस्या भएको बताउनु भएको छ ।उहाँले समास्या समाधानको प्रयास भैरहेको र यहीँ आर्थिक बर्षमा नयाँ ब्याट्रीजडान गरि यस क्षेत्रका सेवाग्रहीलाई नेटवर्क नआउने समस्या सधैंको लागि अन्त्य हुने दावी समेत गर्नुभएको छ ।