• साउन १९, २०८२
  • No Comment
  • 73

कर्णाली प्रदेशको खेलकुदमा नयाँ नेतृत्व: प्रमोद हमालको काँधमा जिम्मेवारी, को-को छन् टिममा?

सुर्खेत।सुर्खेतमा सम्पन्न प्रदेश अधिवेशनबाट नेकपा एमाले निकटको नेपाल खेलकुद महासंघ, कर्णाली प्रदेशले नयाँ नेतृत्व पाएको छ। महासंघको स्थायी कमिटी सदस्यसमेत रहेका प्रमोद हमाल सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन्। यो चयनसँगै अब कर्णाली प्रदेशको खेलकुद विकासको नेतृत्व हमालको काँधमा आएको छ। वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरु भएको अधिवेशनले हमालको नेतृत्वमा नयाँ कार्यसमिति बनाएको हो, जसले प्रदेशमा खेलकुद गतिविधिलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।

हमालको अध्यक्षतामा गठित नयाँ समितिमा उपाध्यक्षहरू डम्बर बहादुर शाही र पूर्णबहादुर शाही छन् भने सचिवको जिम्मेवारी शशिराम विश्वकर्माले पाएका छन्। यसैगरी, उपसचिवमा भक्तबहादुर शाह र रेखा बुढा तथा कोषाध्यक्षमा जगत प्रसाद रिजाल चयन भएका छन्। समितिमा विभिन्न जिल्ला र खुला तर्फबाट सदस्यहरू पनि चयन गरिएको छ। नवनिर्वाचित अध्यक्ष हमालका अनुसार, कार्यसमितिलाई पूर्णता दिन बाँकी रहेका ६ जना सदस्य पहिलो बैठकबाटै मनोनित गरिनेछ र त्यसपछि महासंघ पूर्ण गतिमा अघि बढ्नेछ।

 

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *