• साउन १८, २०८२
  • No Comment
  • 169

काठमाडौं उपत्यकाको यातायात संकट गहिरिँदै, मन्त्री दाहालले चेतावनी दिए — “अब पनि ढिला भयो भने नियन्त्रण गुम्छ”

ललितपुर, साउन १८ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौं उपत्यकाको यातायात प्रणालीको अव्यवस्थित अवस्था बारे गम्भीर चिन्ता व्यक्त गरेका छन्। आइतबार ललितपुरमा आयोजित ‘जीवन्त र सांस्कृतिक काठमाडौं उपत्यकाको लागि दिगो, सुरक्षित र समावेशी यातायात’ विषयक गोष्ठीमा मन्त्री दाहालले यदि तत्काल निर्णायक कदम चालिएन भने अवस्था अझ जटिल र भयावह बन्न सक्ने चेतावनी दिए।

मन्त्री दाहालका अनुसार उपत्यकामा तीव्र शहरीकरण, बढ्दो सवारी चाप, अपर्याप्त पूर्वाधार र नियोजनको अभावले अहिलेको यातायात संकट निम्त्याएको हो। उनले भने, “यो उपत्यका देशको आर्थिक, प्रशासनिक र सांस्कृतिक केन्द्र हो, तर यहाँको यातायात अवस्था विगतको तुलनामा झनै बिग्रिएको छ।”

उनले सन् २०१२ मा तयार पारिएको र २०१७ मा अद्यावधिक गरिएको मास्टरप्लानबाट अपेक्षित सुधार नआएको उल्लेख गर्दै त्यसयता समस्या झन् बढेको बताए। मन्त्री दाहालले यस अवस्थालाई सम्बोधन गर्न ‘काठमाडौं उपत्यका शहरी यातायात प्रणाली मास्टरप्लान परियोजना’ अघि सारिएको जानकारी दिए।

यो परियोजनाले संविधान, दीर्घकालीन दृष्टिकोण २०४३ र १६औं आवधिक योजनाको मार्गनिर्देशनअनुसार समृद्ध, सुरक्षित र दिगो शहरी यातायातको लक्ष्य लिएको मन्त्रीको भनाइ थियो। ट्राफिक जाम, वायु प्रदूषण र जनस्वास्थ्यमा परेको असरलाई कम गर्दै दिगो आर्थिक वृद्धि सम्भव हुने उनको दाबी छ।

कार्यक्रममा मन्त्री दाहालले चेतावनी दिँदै भने, “अब पनि समन्वित र ठोस पहल गरिएन भने समस्या नियन्त्रणबाहिर जान सक्छ। सबै सरोकारवालाहरू जिम्मेवार बन्न जरुरी छ।”

सम्बन्धित खबर

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

काठमाडौँ । रामजी यादवका सवारी चालक मुस्तकिम आलम अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पक्राउ परेका छन्। प्रहरीले उनलाई सोमबार पक्राउ…
५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *