• साउन १६, २०८२
  • No Comment
  • 62

कोदो दिवस मनाउँदै प्रधानमन्त्रीको सन्देश : परम्परा र पोषणको महत्वलाई जोड

काठमाडौं, साउन १६ — परम्परागत खाद्यान्न बाली ‘कोदो’को महत्वलाई उजागर गर्दै सरकारले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने निर्णय गरेको छ। कोदो दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै कोदोको उपयोगिता र पोषणीय विशेषता औंल्याएका छन् ।

प्रधानमन्त्री ओलीले दिएको सन्देशमा उल्लेख गरिएअनुसार, कोदोमा ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले यसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ। साथै, कोदोमा प्रशस्त मात्रामा पाइने फाइबरले हृदय स्वास्थ्य मजबुत बनाउन मद्दत गर्छ। सिँचाइको आवश्यकता नपर्ने र कठिन भू-भागमा पनि उत्पादन गर्न सकिने भएकाले कोदो जस्ता अन्नबालीहरू जलवायु परिवर्तनको सन्दर्भमा समेत महत्वपूर्ण ठहरिन्छन्।

सरकारले कोदोको उत्पादन र उपभोगमा वृद्धि ल्याउने लक्ष्यसहित कोदो दिवसलाई प्रवर्द्धन अभियानका रूपमा अघि बढाउने जनाएको छ। प्रधानमन्त्रीले “कोदो उत्पादन बढाऔं, कोदोका परिकारहरू उपभोग गरौं” भन्ने सन्देश दिँदै नेपालीको स्वास्थ्य, पहिचान र आत्मनिर्भरता प्रवर्द्धन गर्न कोदो जस्ता अन्नबालीको भूमिका महत्वपूर्ण हुने बताए।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *