• साउन १६, २०८२
  • No Comment
  • 153

कोदो दिवस मनाउँदै प्रधानमन्त्रीको सन्देश : परम्परा र पोषणको महत्वलाई जोड

काठमाडौं, साउन १६ — परम्परागत खाद्यान्न बाली ‘कोदो’को महत्वलाई उजागर गर्दै सरकारले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने निर्णय गरेको छ। कोदो दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै कोदोको उपयोगिता र पोषणीय विशेषता औंल्याएका छन् ।

प्रधानमन्त्री ओलीले दिएको सन्देशमा उल्लेख गरिएअनुसार, कोदोमा ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले यसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ। साथै, कोदोमा प्रशस्त मात्रामा पाइने फाइबरले हृदय स्वास्थ्य मजबुत बनाउन मद्दत गर्छ। सिँचाइको आवश्यकता नपर्ने र कठिन भू-भागमा पनि उत्पादन गर्न सकिने भएकाले कोदो जस्ता अन्नबालीहरू जलवायु परिवर्तनको सन्दर्भमा समेत महत्वपूर्ण ठहरिन्छन्।

सरकारले कोदोको उत्पादन र उपभोगमा वृद्धि ल्याउने लक्ष्यसहित कोदो दिवसलाई प्रवर्द्धन अभियानका रूपमा अघि बढाउने जनाएको छ। प्रधानमन्त्रीले “कोदो उत्पादन बढाऔं, कोदोका परिकारहरू उपभोग गरौं” भन्ने सन्देश दिँदै नेपालीको स्वास्थ्य, पहिचान र आत्मनिर्भरता प्रवर्द्धन गर्न कोदो जस्ता अन्नबालीको भूमिका महत्वपूर्ण हुने बताए।

सम्बन्धित खबर

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…
बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

सुर्खेत । बैंकिङ कसूर मुद्दामा फरार रहेकी दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भएकी कमला कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *