• साउन १२, २०८२
  • No Comment
  • 156

टिकटक स्टार आयुषसिंह ठकुरी ‘राम नाम सत्य’मार्फत डेब्यु गर्ने

काठमाडौं — चर्चित  टिकटकर आयुषसिंह ठकुरी अब ठूलो पर्दामा देखिने भएका छन् । निर्देशक माइकल चन्दको निर्देशनमा बन्न लागेको फिल्म ‘राम नाम सत्य’मार्फत उनले अभिनय यात्रा सुरू गर्न लागेका हुन् ।

निर्माता उपेन्द्र शाही र निर्देशक चन्दसँग ठकुरीले हालै कागजी सम्झौता गरेका छन् । फिल्ममा डेब्युको तयारी स्वरूप ठकुरीले एक्सन तालिम लिइरहेका छन् भने अभिनय कोर्स पनि छिट्टै सुरु गर्ने तयारीमा छन् ।

“मलाई थुप्रै फिल्म अफर आएका थिए, तर ‘राम नाम सत्य’को कथा र भूमिकाले मन छोयो । त्यसैले यही फिल्मबाट डेब्यु गर्ने निर्णय गरेँ,” आयुषले सम्झौतापछि सञ्चारकर्मीसँग भने ।

निर्देशक चन्दका अनुसार आयुषले भूमिका सुहाउँदो तयारी गरिरहेका छन् । “हामीबीच सहमति भएसँगै उनी एक्सन तालिममा जुटेका छन् । अभिनय कोर्स पनि तयारीमा छ,” उनले बताए ।

एक्सन, सस्पेन्स र प्रेमकथामा आधारित यो फिल्म साउन २९ गतेदेखि छायांकनमा जाने तयारीमा छ । फिल्ममा विराज भट्ट, सुशिल श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, अर्पण थापा, सुनिल थापा, दिनेश डीसी र रवि गिरीजस्ता कलाकारहरू अनुबन्धित भइसकेका छन् । बाँकी एक अभिनेत्रीको चयनपछि कास्ट टुंगो लाग्ने बताइएको छ ।

उपेन्द्र शाही र श्वेता विमलीको निर्माण रहने फिल्ममा किशोर भट्ट र डा. डीआर उपाध्याय सह–निर्माताको रूपमा रहनेछन् । संजय लामाले छायांकन गर्ने फिल्मको मुख्य भाग काठमाडौं र चितवनमा छायांकन गरिनेछ ।

कास्टिङ डिरेक्टर तथा प्रोडक्सन कन्ट्रोलर नविनजंग शाह रहेका छन् भने तेजविक्रम केसी हेड अफ प्रोडक्सन हुन् । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने फिल्म माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुने जनाइएको छ ।

केही दिनअघि निर्माता किरण नेपालीले आयुष र उनकी पत्नी एलिजेलाई पनि फिल्म अफर गरेका थिए । तर, सोबारे थप जानकारी आउन बाँकी छ ।

सम्बन्धित खबर

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

काठमाडौं – अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन्। अध्यागमन विभागका अनुसार तीमध्ये ७९ जना पुरुष र…
खाली पेटमा यी खानेकुरा नखानुहोस्

खाली पेटमा यी खानेकुरा नखानुहोस्

काठमाडौँ – बिहान उठ्ने बित्तिकै के खाने भन्ने कुराले दिनभरि शरीरको ऊर्जा, पाचन र एकाग्रतामा ठूलो प्रभाव पार्छ। रातभर उपवास बसेपछि…

Live-Score-Analyse: Mehr als nur Ergebnisse für den erfahrenen Zocker

Einleitung: Die Bedeutung von Live-Scores für Profis Für den erfahrenen Glücksspieler ist das Verständnis der Dynamik eines Spiels während des Geschehens…

Leave a Reply

Your email address will not be published. Required fields are marked *