• साउन १२, २०८२
  • No Comment
  • 128

बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रहरूमा भारी वर्षाको सम्भावना

काठमाडौं।  देशभर हाल सक्रिय रहेको मनसुनी प्रणालीको प्रभावका कारण विभिन्न स्थानमा वर्षा भइरहेकाे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागहरूमा वर्षा भएको जनाइएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

आज राति पनि देशभर सामान्य बदलीको स्थिति रहने र गण्डकी लगायतका पहाडी क्षेत्रहरूमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

मौसम विभागले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै सतर्क रहन, नदी किनार र भूस्खलन सम्भावित क्षेत्रहरूमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

 

सम्बन्धित खबर

Pixel Perfect: Analyzing Visual Quality in Online Casinos –…

Introduction: Why Grafik-Qualität Matters For industry analysts focusing on the German online gambling market, understanding the nuances of user experience is…

Авиатор: как превратить крутящийся летающий шар в ваш выигрыш

В казахстанских онлайн‑казино 2024 года “авиатор” звучит как музыка для тех, кто ищет быстрые победы и яркие эмоции.Крутящийся шар, словно дирижёр,…
कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *