• साउन ९, २०८२
  • No Comment
  • 135

२४३ ट्याब्लेट नाईट्राजेपामसहित वीरेन्द्रनगरबाट दुई युवक पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध नाईट्राजेपाम सहित दुई जनालाई पक्राउ गरेको छ। सोमबार साँझ वीरेन्द्रनगर नगरपालिका-३ बाट उनीहरुलाई २४३ ट्याब्लेट नाईट्राजेपाम सहित नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार, वीरेन्द्रनगर-३ मा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारेको थियो। उनीहरुको शरीर खानतलासी गर्दा उक्त परिमाणको लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ बस्ने २९ वर्षीय कमल कार्की र दैलेखको दुल्लु नगरपालिका-६ घर भई हाल वीरेन्द्रनगर-३ मै बस्दै आएका २१ वर्षीय ध्वनिल मल्ल रहेका छन्।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखी लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित खबर

बिहान भिजाएको बदाम खाँदा यस्ता छन फाइदाहरू

बिहान भिजाएको बदाम खाँदा यस्ता छन फाइदाहरू

काठमाडौं । पोषण तत्वले भरिपूर्ण बदामलाई सबैभन्दा उपयोगी सुपरफुड मानिन्छ । नियमित रूपमा यसको सेवनले शारीरिक, मानसिक तथा छाला–कपालको स्वास्थ्यमा उल्लेख्य…
कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *