• साउन ९, २०८२
  • No Comment
  • 109

सुर्खेतमा करेन्ट लागेर दम्पतीको मृत्यु

वीरेन्द्रनगर ।  सुर्खेतको वीरेन्द्रनगरमा करेन्ट लागेर एक दम्पतीको  मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका-१२ नेवारेस्थित आफ्नै घरमा  घाँस काट्ने क्रममा करेन्ट लाग्दा ५५ वर्षीय धनिराम आचार्य र उहाँकी ५० वर्षीया श्रीमती धन कुमारी उपाध्यायको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, आचार्य दम्पतीले बिहान  १०:४५ बजे आफ्नै घरमा विद्युतीय मेसिन प्रयोग गरी घाँस टुक्र्याइरहेका थिए । सोही क्रममा मेसिनको तारबाट करेन्ट प्रवाह हुँदा दुवै जना गम्भीर घाइते भएका थिए ।

घटनालगत्तै घाइते दम्पतीलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेतमा लगिएको थियो । तर, अस्पताल पुर्‍याएको केही बेरमै करिब ११:१५ बजे उपचारकै क्रममा उनीहरु दुवैलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी नायब निरीक्षक गगन सिंहको नेतृत्वमा ६ जनाको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।  

सम्बन्धित खबर

बिहान भिजाएको बदाम खाँदा यस्ता छन फाइदाहरू

बिहान भिजाएको बदाम खाँदा यस्ता छन फाइदाहरू

काठमाडौं । पोषण तत्वले भरिपूर्ण बदामलाई सबैभन्दा उपयोगी सुपरफुड मानिन्छ । नियमित रूपमा यसको सेवनले शारीरिक, मानसिक तथा छाला–कपालको स्वास्थ्यमा उल्लेख्य…
कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *