• साउन ९, २०८२
  • No Comment
  • 111

सुर्खेतमा करेन्ट लागेर दम्पतीको मृत्यु

वीरेन्द्रनगर ।  सुर्खेतको वीरेन्द्रनगरमा करेन्ट लागेर एक दम्पतीको  मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका-१२ नेवारेस्थित आफ्नै घरमा  घाँस काट्ने क्रममा करेन्ट लाग्दा ५५ वर्षीय धनिराम आचार्य र उहाँकी ५० वर्षीया श्रीमती धन कुमारी उपाध्यायको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, आचार्य दम्पतीले बिहान  १०:४५ बजे आफ्नै घरमा विद्युतीय मेसिन प्रयोग गरी घाँस टुक्र्याइरहेका थिए । सोही क्रममा मेसिनको तारबाट करेन्ट प्रवाह हुँदा दुवै जना गम्भीर घाइते भएका थिए ।

घटनालगत्तै घाइते दम्पतीलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेतमा लगिएको थियो । तर, अस्पताल पुर्‍याएको केही बेरमै करिब ११:१५ बजे उपचारकै क्रममा उनीहरु दुवैलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी नायब निरीक्षक गगन सिंहको नेतृत्वमा ६ जनाको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।  

सम्बन्धित खबर

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

मुटुरोगदेखि क्यान्सरसम्म रोकथाममा उपयोगी जाडो मौसम सुरु हुनेबित्तिकै तिलका परिकारको माग बढ्ने गर्दछ। सामान्यतया स्वादका लागि प्रयोग गरिने तिल वास्तवमै स्वास्थ्यका…
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *