• साउन ८, २०८२
  • No Comment
  • 205

खडेरीको मारमा सल्यानका किसान: खेतमै सुक्न थाल्यो धानको ब्याड, आकाश हेर्दै किसान

सल्यान। सल्यानको पश्चिमी क्षेत्रमा यस वर्ष मनसुनले धोका दिँदा किसानहरू गम्भीर समस्यामा परेका छन्। लामो समयदेखि पानी नपरेका कारण धान रोप्नका लागि तयार पारिएको ब्याड खेतमै सुक्न थालेको छ, जसले गर्दा किसानको मेहनत र लगानी दुवै खेर जाने अवस्था सिर्जना भएको छ। सामान्यतया, असारको अन्त्य र साउनको पहिलो हप्तासम्ममा रोपाइँ सकिने भए पनि यसपटक खडेरीले गर्दा अधिकांश खेत बाँझै छन्। पानीको अभावमा रोपाइँ गर्न नपाउँदा किसानहरू चिन्तित बनेका छन् र आकाशतिर हेरेर पानीको प्रतीक्षा गरिरहेका छन्।

विगतका वर्षहरूमा यो समयमा हरियाली देखिने खेतहरू अहिले सुख्खा र उजाड छन्। सिँचाइ कुलोमा पानीको सतह घटेपछि रोपाइँ भइसकेका थोरै खेतमा पनि पानी पुग्न सकेको छैन, जसले गर्दा रोपेको धान पनि सुक्न थालेको छ। पानीको स्रोत सीमित हुँदा किसानहरूबीच पानी लगाउने विषयमा विवाद र मनमुटाव समेत हुन थालेको छ। बनगाड ज्यूला, भेरी किनार र सल्लीबजार जस्ता प्रमुख धान उत्पादन क्षेत्रमा पनि रोपाइँ हुन सकेको छैन भने वालुवासंग्रही र सुनौली खोला आसपासका सिञ्चित खेतहरू पनि पानी नपरेका कारण बाँझै छन्। यो खडेरीले यस क्षेत्रको मुख्य खाद्य बाली धानको उत्पादनमा ठूलो असर पार्ने निश्चित देखिएको छ।

 

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…
श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा बेतान स्वास्थ्य चौकीमा खानेपानी ट्यांकी जडान

श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–३ स्थित बेतान स्वास्थ्य चौकीमा देखिँदै आएको खानेपानी समस्यालाई समाधान गर्न महत्वपूर्ण पहल गरिएको छ। श्री समावेसी सामुदायिक…
सुकुम्वासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर

सुकुम्वासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे…

 काठमाडौं, १४ वैशाख – सुकुम्वासी बस्ती स्थानान्तरणका कारण प्रभावित विद्यार्थीहरूको सुरक्षासहित शैक्षिक सहजीकरणका लागि सरकारले ६ बुँदे सर्कुलर जारी गरेको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *