• साउन ६, २०८२
  • No Comment
  • 203

रोजगारीको प्रलोभनमा करोडौं ठगी गर्ने गिरोहका आठ जना पक्राउ

सुर्खेत। रोजगारीको प्रलोभन देखाएर नेटवर्किङ व्यवसायमार्फत करोडौं रुपैयाँ ठगी गरेको आरोपमा एक गिरोहलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उक्त ठगीमा संलग्न कम्पनीका संचालक सहित आठ जनालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक मोहनजंग बुढथापाका अनुसार, वीरेन्द्रनगर -३, मुलपानी चोकस्थित ‘स्काई ड्रिम इन्टरप्रेनर्स प्रा.लि.मार्फत उक्त गिरोहले बेरोजगार युवायुवतीलाई निशाना बनाएको थियो। उनीहरूले ‘ग्लोबल ओरियन्स नेपाल प्रा.लि. मा आबद्ध गराई सीप सिकाउने र राम्रो तलबसहितको जागिर दिलाउने आश्वासन दिन्थे। सुरुमा वार्षिक २०,००० रुपैयाँ लिएर तालिम र बस्ने(खाने व्यवस्था मिलाउने भन्दै प्रलोभनमा पारी, पछि आफ्नो मातहत नयाँ सदस्य बनाउन लगाइन्थ्यो। प्रत्येक नयाँ सदस्यबाट ५० हजारदेखि २ लाख ६० हजार रुपैयाँसम्म असुल्दै करोडौंको ठगी गरेको भन्दै पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए।

सोही जाहेरीका आधारमा प्रहरीले प्रा.लि.का संचालक डोटीका २६ वर्षीय नरेश बोहोरा सहित आठ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्ने अन्यमा दार्चुलाका २४ वर्षीय कृष्ण धामी, अछामका २४ वर्षीय कमल शाही र २२ वर्षीय रविन्द्र शाही, कञ्चनपुरकी २२ वर्षीया मनिषा सिंह र २१ वर्षीया निर्मला धामी, बैतडीकी २२ वर्षीया सुनिता साउद तथा डोटीकी २२ वर्षीया कमला चिमाला रहेका छन्।
उनीहरू सबै हाल सुर्खेत वीरेन्द्रनगरमा बस्दै आएका थिए । पक्राउ परेका सबैलाई ठगी कसूरमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *