• साउन ५, २०८२
  • No Comment
  • 141

जाजरकोटमा दर्ता नभएर संचालनमा रहेका अटो रिक्सामाथि कारबाही

जाजरकोट, ५ साउन।जाजरकोटमा स्थानीय तहमा दर्ता नभई सञ्चालनमा रहेका अटो रिक्साहरूलाई जाजरकाेट प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय, जाजरकोटबाट खटिएको संयुक्त टोलीले नियमित जाँचका क्रममा आज ती अटो रिक्साहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भेरी नगरपालिकाको कार्यालयमा पठाएको हो।

पछिल्लो समय जाजरकोट सदरमुकाम खलंगा र आसपासका क्षेत्रमा दर्ता प्रक्रिया पूरा नगरी अटो रिक्सा सञ्चालन हुने क्रम बढेपछि प्रहरीले कडाइ गरेको हो। नियमित सडक जाँचका क्रममा खटिएको प्रहरी टोलीले आवश्यक कागजात नभएका र स्थानीय तहमा दर्ता नभएका अटो रिक्साहरूलाई रोकेर नियन्त्रणमा लिएको  जिल्ला  प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार, “स्थानीय सरकारको नियमअनुसार सबै सार्वजनिक सवारीसाधन सम्बन्धित पालिकामा दर्ता हुनु अनिवार्य छ। नियम पालना नगर्ने र दर्ता प्रक्रियामा नआउने सवारीलाई कानुनबमोजिम कारबाही हुन्छ।” नियन्त्रणमा लिइएका सम्पूर्ण अटो रिक्साहरूलाई थप कारबाही र दर्ता प्रक्रियाका लागि भेरी नगरपालिकाको कार्यालयमा बुझाइएको छ।

नगरपालिकाले अब ती रिक्साका धनीहरूलाई जरिवाना तिराउने र अनिवार्य रूपमा दर्ता प्रक्रिया पूरा गर्न लगाउने जनाएको छ। यो कदमले जिल्लामा सञ्चालित सार्वजनिक सवारीलाई व्यवस्थित, सुरक्षित र कानुनी दायरामा ल्याउन मद्दत पुग्ने विश्वास प्रहरीले लिएको छ। प्रहरीले आगामी दिनमा पनि दर्ताविहीन र नियमविपरीत चल्ने सवारीसाधनमाथिको निगरानीलाई निरन्तरता दिने बताएको छ।

सम्बन्धित खबर

Pixel Perfect: Analyzing Visual Quality in Online Casinos –…

Introduction: Why Grafik-Qualität Matters For industry analysts focusing on the German online gambling market, understanding the nuances of user experience is…

Авиатор: как превратить крутящийся летающий шар в ваш выигрыш

В казахстанских онлайн‑казино 2024 года “авиатор” звучит как музыка для тех, кто ищет быстрые победы и яркие эмоции.Крутящийся шар, словно дирижёр,…
कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *