• साउन ५, २०८२
  • No Comment
  • 78

जाजरकोटमा दर्ता नभएर संचालनमा रहेका अटो रिक्सामाथि कारबाही

जाजरकोट, ५ साउन।जाजरकोटमा स्थानीय तहमा दर्ता नभई सञ्चालनमा रहेका अटो रिक्साहरूलाई जाजरकाेट प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय, जाजरकोटबाट खटिएको संयुक्त टोलीले नियमित जाँचका क्रममा आज ती अटो रिक्साहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भेरी नगरपालिकाको कार्यालयमा पठाएको हो।

पछिल्लो समय जाजरकोट सदरमुकाम खलंगा र आसपासका क्षेत्रमा दर्ता प्रक्रिया पूरा नगरी अटो रिक्सा सञ्चालन हुने क्रम बढेपछि प्रहरीले कडाइ गरेको हो। नियमित सडक जाँचका क्रममा खटिएको प्रहरी टोलीले आवश्यक कागजात नभएका र स्थानीय तहमा दर्ता नभएका अटो रिक्साहरूलाई रोकेर नियन्त्रणमा लिएको  जिल्ला  प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार, “स्थानीय सरकारको नियमअनुसार सबै सार्वजनिक सवारीसाधन सम्बन्धित पालिकामा दर्ता हुनु अनिवार्य छ। नियम पालना नगर्ने र दर्ता प्रक्रियामा नआउने सवारीलाई कानुनबमोजिम कारबाही हुन्छ।” नियन्त्रणमा लिइएका सम्पूर्ण अटो रिक्साहरूलाई थप कारबाही र दर्ता प्रक्रियाका लागि भेरी नगरपालिकाको कार्यालयमा बुझाइएको छ।

नगरपालिकाले अब ती रिक्साका धनीहरूलाई जरिवाना तिराउने र अनिवार्य रूपमा दर्ता प्रक्रिया पूरा गर्न लगाउने जनाएको छ। यो कदमले जिल्लामा सञ्चालित सार्वजनिक सवारीलाई व्यवस्थित, सुरक्षित र कानुनी दायरामा ल्याउन मद्दत पुग्ने विश्वास प्रहरीले लिएको छ। प्रहरीले आगामी दिनमा पनि दर्ताविहीन र नियमविपरीत चल्ने सवारीसाधनमाथिको निगरानीलाई निरन्तरता दिने बताएको छ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *