• साउन ३, २०८२
  • No Comment
  • 106

साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल आज भुटानसँग प्रतिस्पर्धामा

काठमाडौं । बंगलादेशमा  साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज आफ्नो पाँचौं खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ। डबल राउन्ड रोबिन फर्म्याटमा भइरहेको प्रतियोगितामा नेपाल र भुटानबीचको यो दोस्रो भिडन्त हो। पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोलअन्तरले पराजित गरेको थियो।

खेल ढाकास्थित बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।

नेपालले प्रतियोगितामा चार खेल खेलिसकेको छ। पहिलो खेलमा भुटानलाई हराएपछि दोस्रो खेलमा नेपाल बंगलादेशसँग ३–२ ले पराजित भएको थियो। त्यसपछि नेपालले श्रीलंकासँग लगातार दुई खेल खेल्दै समान ७–० को फराकिलो जित निकालेको थियो।

भुटानले भने हालसम्मको चार खेलमध्ये एक मात्र खेलमा विजय हात पारेको छ। उसले श्रीलंकालाई हराउन सफल भए पनि नेपालसँग एक र बंगलादेशसँग दुई खेलमा पराजित भएको थियो।

प्रतियोगिताको हालको अंकतालिकामा बंगलादेश चारै खेल जित्दै १२ अंकका साथ शीर्ष स्थानमा छ। नेपाल तीन जित र एक हारसहित ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। भुटान तीन अंकसहित तेस्रो स्थानमा छ भने श्रीलंका अंकविहीन अवस्थामा चौथो स्थानमा रहेको छ।

साफ यू–२० महिला च्याम्पियनसिपमा चार टोलीबीच डबल राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा भइरहेको छ। लिग चरणका खेलपछि सर्वाधिक अंक जोड्ने टोली प्रतियोगिताको च्याम्पियन बन्नेछ। नेपालले अन्तिम खेल सोमबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ।

सम्बन्धित खबर

रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

सर्लाही– बिरामी बोक्ने उद्देश्यले प्रयोग गरिने एम्बुलेन्समै गाँजा ओसारपसार भइरहेको तथ्य सर्लाहीमा पक्राउ परेका एक एम्बुलेन्ससहित सार्वजनिक भएको छ। प्रहरीको विशेष…
भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…
हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…

Leave a Reply

Your email address will not be published. Required fields are marked *