• साउन ३, २०८२
  • No Comment
  • 230

साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल आज भुटानसँग प्रतिस्पर्धामा

काठमाडौं । बंगलादेशमा  साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज आफ्नो पाँचौं खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ। डबल राउन्ड रोबिन फर्म्याटमा भइरहेको प्रतियोगितामा नेपाल र भुटानबीचको यो दोस्रो भिडन्त हो। पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोलअन्तरले पराजित गरेको थियो।

खेल ढाकास्थित बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।

नेपालले प्रतियोगितामा चार खेल खेलिसकेको छ। पहिलो खेलमा भुटानलाई हराएपछि दोस्रो खेलमा नेपाल बंगलादेशसँग ३–२ ले पराजित भएको थियो। त्यसपछि नेपालले श्रीलंकासँग लगातार दुई खेल खेल्दै समान ७–० को फराकिलो जित निकालेको थियो।

भुटानले भने हालसम्मको चार खेलमध्ये एक मात्र खेलमा विजय हात पारेको छ। उसले श्रीलंकालाई हराउन सफल भए पनि नेपालसँग एक र बंगलादेशसँग दुई खेलमा पराजित भएको थियो।

प्रतियोगिताको हालको अंकतालिकामा बंगलादेश चारै खेल जित्दै १२ अंकका साथ शीर्ष स्थानमा छ। नेपाल तीन जित र एक हारसहित ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। भुटान तीन अंकसहित तेस्रो स्थानमा छ भने श्रीलंका अंकविहीन अवस्थामा चौथो स्थानमा रहेको छ।

साफ यू–२० महिला च्याम्पियनसिपमा चार टोलीबीच डबल राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा भइरहेको छ। लिग चरणका खेलपछि सर्वाधिक अंक जोड्ने टोली प्रतियोगिताको च्याम्पियन बन्नेछ। नेपालले अन्तिम खेल सोमबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ।

सम्बन्धित खबर

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…
बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

सुर्खेत । बैंकिङ कसूर मुद्दामा फरार रहेकी दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भएकी कमला कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *