नेपाली मूलकी प्रख्यात अभिनेत्री मनिषा कोइरालालाई बेलायतको प्रतिष्ठित ब्राडफोर्ड विश्वविद्यालयले मानार्थ विद्यावारिधि (Honorary Doctorate) प्रदान गरेको छ। विश्व चलचित्र क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्याउँदै आएकी कोइरालालाई विशेष समारोहबीच विश्वविद्यालयले सम्मानित गरेको हो। विश्वविद्यालयले उनलाई कला र मानव कल्याण क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै यो उपाधि दिएको जनाएको छ। समारोहमा बोल्दै मनिषाले यस्तो सम्मान पाउनु आफूका लागि गौरवको क्षण भएको बताउँदै धन्यवाद व्यक्त गरिन्। उनले भनिन्, “जीवनका आरोह–अवरोहबाट गुज्रँदा आज यस्तो सम्मानले थप प्रेरणा दिएको छ। म कला र सामाजिक सेवामा अझ समर्पित हुने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु।”
क्यान्सरविरुद्धको संघर्षपछि स्वास्थ्य र महिला सशक्तिकरणमा समेत सक्रिय रहिएकी कोइरालालाई यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त भइसकेका छन्। उनले अभिनय गरेको ‘बम्बे’, ‘1942: ए लभ स्टोरी’, ‘दिल से’, ‘खामोशी’ लगायतका चलचित्रले अन्तर्राष्ट्रिय ख्याती पाएका थिए। ब्राडफोर्ड विश्वविद्यालयले प्रत्येक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरूलाई मानार्थ उपाधि प्रदान गर्दै आएको छ ।
काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…