• असार ३२, २०८२
  • No Comment
  • 170

उच्च अदालतको फैसलाले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारको बाटो खुला

सुर्खेत, ३२ असार — बाँकेको कोहलपुरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतसम्मको १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारमा उत्पन्न कानुनी अवरोध हटेसँगै आयोजनाको मार्ग खुलेको छ। उच्च अदालतको हालैको फैसलाले प्रसारण लाइन विस्तार कार्यलाई अघि बढाउन बाटो खुला भएको हो।

मुख्यमन्त्री यामलाल कँडेलका अनुसार बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर र वडा नं ४ बानियाँभारमा प्रसारण लाइन विस्तारको क्रममा देखा परेको अवरोध अदालतको निर्णयपछि हटाइएको छ। यसले आयोजना कार्यान्वयनमा सहजता ल्याएको बताएका छन ।

 
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तार आयोजना प्रमुख रवि चौधरीका अनुसार हाल आयोजनाको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ। अबको छ महिनाभित्र सम्पूर्ण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम तीव्र गतिमा अघि बढाइएको उनले जानकारी दिए।

 वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुनामा रहेको जमिनसम्बन्धी विवाद पनि समाधान भइसकेको छ। आयोजनाको बाँकी कार्य सम्पन्न गर्न धमाधम रूख कटानको काम भइरहेको छ। हालसम्म पाँच हजार रूख काटिएका छन् भने अझै ५,५०० रूख काट्नुपर्ने आयोजना प्रमुख चौधरीले जानकारी दिए।

 हालसम्म एक सय ५६ वटा फाउन्डेसन निर्माण भइसकेको छ भने अब छ वटा मात्र निर्माण गर्न बाँकी छ। यस्तै ४० किलोमिटर तार तानिएको छ र बाँकी १२ किलोमिटर तार विस्तार गर्नुपर्ने अवस्था छ।

 करीब ७० करोड लागतमा निर्माणाधीन उक्त आयोजनाले सुर्खेत र वरपरका क्षेत्रमा विद्युत आपूर्तिमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ। लामो समयदेखि कानुनी र सामाजिक अवरोधका कारण अल्झिएको यो आयोजनाले पूर्णता पाएपछि कर्णाली प्रदेशमा औद्योगिक र व्यवसायिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।

सम्बन्धित खबर

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै, १० उत्कृष्ट युवा सम्मानित हुने

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै,…

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २०…
चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…
श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा बेतान स्वास्थ्य चौकीमा खानेपानी ट्यांकी जडान

श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–३ स्थित बेतान स्वास्थ्य चौकीमा देखिँदै आएको खानेपानी समस्यालाई समाधान गर्न महत्वपूर्ण पहल गरिएको छ। श्री समावेसी सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *