• असार ३२, २०८२
  • No Comment
  • 119

उच्च अदालतको फैसलाले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारको बाटो खुला

सुर्खेत, ३२ असार — बाँकेको कोहलपुरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतसम्मको १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारमा उत्पन्न कानुनी अवरोध हटेसँगै आयोजनाको मार्ग खुलेको छ। उच्च अदालतको हालैको फैसलाले प्रसारण लाइन विस्तार कार्यलाई अघि बढाउन बाटो खुला भएको हो।

मुख्यमन्त्री यामलाल कँडेलका अनुसार बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर र वडा नं ४ बानियाँभारमा प्रसारण लाइन विस्तारको क्रममा देखा परेको अवरोध अदालतको निर्णयपछि हटाइएको छ। यसले आयोजना कार्यान्वयनमा सहजता ल्याएको बताएका छन ।

 
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तार आयोजना प्रमुख रवि चौधरीका अनुसार हाल आयोजनाको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ। अबको छ महिनाभित्र सम्पूर्ण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम तीव्र गतिमा अघि बढाइएको उनले जानकारी दिए।

 वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुनामा रहेको जमिनसम्बन्धी विवाद पनि समाधान भइसकेको छ। आयोजनाको बाँकी कार्य सम्पन्न गर्न धमाधम रूख कटानको काम भइरहेको छ। हालसम्म पाँच हजार रूख काटिएका छन् भने अझै ५,५०० रूख काट्नुपर्ने आयोजना प्रमुख चौधरीले जानकारी दिए।

 हालसम्म एक सय ५६ वटा फाउन्डेसन निर्माण भइसकेको छ भने अब छ वटा मात्र निर्माण गर्न बाँकी छ। यस्तै ४० किलोमिटर तार तानिएको छ र बाँकी १२ किलोमिटर तार विस्तार गर्नुपर्ने अवस्था छ।

 करीब ७० करोड लागतमा निर्माणाधीन उक्त आयोजनाले सुर्खेत र वरपरका क्षेत्रमा विद्युत आपूर्तिमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ। लामो समयदेखि कानुनी र सामाजिक अवरोधका कारण अल्झिएको यो आयोजनाले पूर्णता पाएपछि कर्णाली प्रदेशमा औद्योगिक र व्यवसायिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।

सम्बन्धित खबर

रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

सर्लाही– बिरामी बोक्ने उद्देश्यले प्रयोग गरिने एम्बुलेन्समै गाँजा ओसारपसार भइरहेको तथ्य सर्लाहीमा पक्राउ परेका एक एम्बुलेन्ससहित सार्वजनिक भएको छ। प्रहरीको विशेष…
भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…
हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…

Leave a Reply

Your email address will not be published. Required fields are marked *