• असार ३०, २०८२
  • No Comment
  • 112

सुर्खेतमा ब्राउनसुगरसहित  १ जना पक्राउ 

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट लागूऔषध (ब्राउनसुगर) सहित एक जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–११, सुब्बाकुनाबाट ३२ वर्षीय भूपेन्द्र पोखरेललाई १ ग्राम ५७० मिलिग्राम ब्राउनसुगरसहित  अाइबार साँझ प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार, सुब्बाकुनामा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीको संयुक्त टोली खटाइएको थियो। टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२-००१ प. ७००६ नम्बरको मोटरसाइकललाई सुब्बाकुनामा रोकेर जाँच गरेको थियो।

“मोटरसाइकल चालक पोखरेललाई शंकास्पद अवस्थामा फेला पारी उनको शरीर खानतलासी गर्दा उक्त परिमाणको ब्राउनसुगर जस्तो देखिने गिलो पदार्थ बरामद गरिएको हो,” डीएसपी बुढथापाले भने।

प्रहरीले पोखरेललाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखेको छ। उनीमाथि लागूऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।

सम्बन्धित खबर

Thunderstruck Trial Élvezd Trinocasino bejelentkezési probléma a 100%-ban ingyenes…

Blogok Trinocasino bejelentkezési probléma – Thunderstruck játék alternatívák és nyeremények Weboldal artista pressuroso HeroSpin Helyi kaszinó sobre Portugália Minden idők három…
कालिकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही नै उम्मेदवार, मुगुमा चन्द्रबहादुर शाही

कालिकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही नै उम्मेदवार, मुगुमा चन्द्रबहादुर शाही

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कालिकोटमा पुनः महेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि पार्टी अध्यक्ष प्रचण्डलाई एकल सिफारिस…

Navigating the Digital Casino: Your Beginner’s Guide to Yoyo…

So, you’re dipping your toes into the exciting world of online casinos in Sweden? Welcome! It’s a thrilling experience, but it’s…

Leave a Reply

Your email address will not be published. Required fields are marked *