• असार २९, २०८२
  • No Comment
  • 120

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा

सुर्खेत। ।पहिरोका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ।   बराहताल गाउँपालिका-५ स्थित ठूलो गैरामा बुधबार साँझ पहिरो खस्दा पूर्ण रूपमा बन्द भएको सडक प्रहरी र स्थानीयको सक्रियतामा करिब ४० मिनेटमै खुलाइएको हो।

प्रहरी चौकी बड्डीचौरका अनुसार, बुधबार साँझ ५:३० बजे राजमार्गमा माथिबाट पहिरो खसेपछि यातायात पूर्ण रूपमा ठप्प भएको थियो। सडक अवरुद्ध भएको सूचना पाएलगत्तै प्रहरी चौकी बड्डीचौरबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) कलबहादुर रोकाको कमाण्डमा ट्राफिक प्रहरीसहित १० जनाको टोली घटनास्थलमा खटिएको थियो।

प्रहरी टोलीले स्थानीय निकायसँग समन्वय गरी स्थानीय बासिन्दाहरूको सहयोगमा पहिरो पन्छाउने काम सुरु गरेको थियो। साँझ ६:१० बजेसम्ममा पहिरो हटाएर बाटो एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

समयमै सडक खुलाइँदा राजमार्गमा सवारी साधनको लामो जाम हुनबाट जोगिएको छ र अलपत्र परेका यात्रुहरूले राहत महसुस गरेका छन्।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *