• असार २९, २०८२
  • No Comment
  • 191

सुर्खेतमा ९ ग्राम ब्राउनसुगरसहित जाजरकोटका युवक पक्राउ

सुर्खेत, असार २९। जिल्ला प्रहरी कार्यालय सुर्खेतले ९ ग्राम ३५० मिलिग्राम अवैध लागुऔषध (ब्राउनसुगर) सहित एक युवकलाई पक्राउ गरेको छ। जाजरकोटका २४ वर्षीय युवराज शाहीलाई वीरेन्द्रनगर नगरपालिका-११ शुब्वाकुनाबाट बुधबार राति पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, शुब्वाकुनामा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोली खटिएको थियो। प्रहरीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२००१ ज ०६४३ नम्बरको ई.भी. गाडीलाई रोकेर जाँच गर्ने क्रममा शाही पक्राउ परेका हुन्।

सोही गाडीमा सवार शाहीको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले उनको शरीर खानतलासी गरेको थियो। खानतलासीका क्रममा उनको साथबाट ९.३५० ग्राम (नौ ग्राम तीन सय पचास मिलिग्राम) ब्राउनसुगर जस्तो देखिने गिलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं. २ का स्थायी बासिन्दा भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१२ चनौटेमा बस्दै आएका २४ वर्षीय युवराज शाही रहेको प्रहरीले  जनाएकाे छ ।

  उनीविरुद्ध लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत सुर्खेतबाट म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

सम्बन्धित खबर

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…
बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

सुर्खेत । बैंकिङ कसूर मुद्दामा फरार रहेकी दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भएकी कमला कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *