• असार २५, २०८२
  • No Comment
  • 140

स्वास्थ्य बीमा कार्यक्रममा अब दुई लाखसम्मको उपचार सुविधा मन्त्री पौडेल

स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका नागरिकहरूले अबदेखि दुई लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हालसम्म एक लाख रुपैयाँमा सीमित रहेको उपचार सुविधा आगामी साउन १ गतेदेखि दोब्बर अर्थात् दुई लाख पुर्‍याउने घोषणा गर्नुभएको हो।मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आठ प्रकारका गम्भीर रोगका बिरामीका लागि यो सुविधा विस्तार गरिएको जनाउनुभएको छ। “कडा रोग लागेर उपचार खर्च जुटाउन नसक्ने नागरिकको पीडामा राहत पुर्‍याउने उद्देश्यले यो निर्णय साउन १ गतेदेखि लागू हुनेछ,” उहाँले उल्लेख गर्नुभयो।

दुई लाख रुपैयाँसम्मको उपचार सुविधा अब निम्न रोगहरू भएका बिरामीले पाउनेछन्: क्यान्सर, मुटुरोग, मिर्गौलासम्बन्धी रोग, टाउको र मेरुदण्डमा चोट (हेड र स्पाइनल इन्जुरी), सिकलसेल एनिमिया, पार्किन्सनिज्म, अल्जाइमर रोग यसअघि सरकारले बीमा योजनामा सहभागी नागरिकलाई आफ्नो निवासस्थानमै उपचार सेवा प्राप्त हुने व्यवस्था मिलाउने निर्णय गरिसकेको छ। साथै, सबै तहका स्वास्थ्य संस्थामा बीमा सुविधा विस्तार गर्ने प्रक्रिया पनि अघि बढाइएको छ।

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *