• असार २५, २०८२
  • No Comment
  • 110

स्वास्थ्य बीमा कार्यक्रममा अब दुई लाखसम्मको उपचार सुविधा हुने मन्त्री पौडेल

स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका नागरिकहरूले अबदेखि दुई लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हालसम्म एक लाख रुपैयाँमा सीमित रहेको उपचार सुविधा आगामी साउन १ गतेदेखि दोब्बर अर्थात् दुई लाख पुर्‍याउने घोषणा गर्नुभएको हो । मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आठ प्रकारका गम्भीर रोगका बिरामीका लागि यो सुविधा विस्तार गरिएको जनाउनुभएको छ। “कडा रोग लागेर उपचार खर्च जुटाउन नसक्ने नागरिकको पीडामा राहत पुर्‍याउने उद्देश्यले यो निर्णय साउन १ गतेदेखि लागू हुनेछ, ”उहाँले उल्लेख गर्नुभयो ।

दुई लाख रुपैयाँसम्मको उपचार सुविधा अब निम्न रोगहरू भएका बिरामीले पाउनेछन्: क्यान्सर,मुटुरोग, मिर्गौलासम्बन्धी रोग, टाउको र मेरुदण्डमा चोट (हेड र स्पाइनल इन्जुरी), सिकलसेल एनिमिया, पार्किन्सनिज्म, अल्जाइमर रोग  यसअघि सरकारले बीमा योजनामा सहभागी नागरिकलाई आफ्नो निवासस्थानमै उपचार सेवा प्राप्त हुने व्यवस्था मिलाउने निर्णय गरिसकेको छ। साथै, सबै तहका स्वास्थ्य संस्थामा बीमा सुविधा विस्तार गर्ने प्रक्रिया पनि अघि बढाइएको छ।

सम्बन्धित खबर

सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना

सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना

२४ कात्तिक । नेपालको कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रलाई संस्थागत रूप दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना गरिएको…
स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली प्रदेश सरकार

स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली प्रदेश सरकार

सुर्खेत – प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरूपता ल्याउन कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका स्थानीय तहका जनप्रतिनिधिसँग दुई दिने…
बुबाको हत्या गरेकाे आरोपमा छोरा पक्राउ

बुबाको हत्या गरेकाे आरोपमा छोरा पक्राउ

काठमाडौँ – आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक जना छोरालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१५, किमडोल बस्ने गोरखा चुमनुब्री…

Leave a Reply

Your email address will not be published. Required fields are marked *