• असार २४, २०८२
  • No Comment
  • 142

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद साेविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गएको स्पेन भ्रमणको अवसरमा केही व्यक्ति उतै बसेको दाबी गर्दै छानबिन माग गरेकी छिन्

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले छानबिन माग गरेकी हुन् । ‘प्रधानमन्त्री स्वयं सहभागी भएको स्पेनको कार्यक्रममा जाने बाहानामा केही मानिस उतै बसेको समाचार आएका छन् । यो अत्यन्तै गम्भीर विषय हो,’ सांसद गौतमले भनिन् । उनका अनुसार प्रधानमन्त्री ओली १४ असारमा संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेन गएका थिए। उक्त भ्रमणमा साथ गएका केही सहभागी उतै बसेको खबर सार्वजनिक भएपछि उनले संसदमा बाेलेकी हुन् । सांसद गौतमले भिजिट भिसाको नाममा भइरहेको दुरुपयोग र मानव बेचबिखनको सम्भावनालाई लिएर संसदीय छानबिन समिति तथा उच्चस्तरीय जाँचबुझ आयोग गठनको माग दोहोर्याइन् । ‘यो विषय त्रिभुवन विमानस्थलमा सीमित छैन । नेपालीलाई कार्यक्रमको नाममा लोभ देखाएर पठाउने गिरोहसँग समेत सम्बन्धित छ। यस्तो विषयलाई टालटुले समिति बनाएर छोप्ने काम भइरहेको छ,’ उनले भनिन् ।

सरकारले गम्भीर प्रकृतिको यस मुद्दालाई सम्बोधन गर्न उच्चस्तरीय, निष्पक्ष र अधिकार सम्पन्न छानबिन समिति गठन गर्नुको सट्टा स्वार्थ बाझिने र प्रशासनिक तहका कनिष्ठ कर्मचारीहरूको नेतृत्वमा समिति बनाएको भन्दै उनले आपत्ति जनाइन् । ‘हामी कुनै व्यक्तिविशेषलाई दोषारोपण गरेका छैनौं। तर सरकारको यस्तो व्यवहारप्रति हाम्रो गम्भीर आपत्ति छ,’ गौतमले भनिन्, ‘हाम्रो अडान छ, नागरिक बेचिनु र देशको छवि बिग्रनु सामान्य कुरा होइन। छानबिन आयोग गठन हुनैपर्छ ।’ सांसद गौतमको अभिव्यक्तिप्रति नेकपा एमालेका सांसद दामोदर पौडेलले आपत्ति जनाएका छन् । गौतमले कुनै व्यक्तिविशेषलाई लक्षित नगरेको भए पनि प्रधानमन्त्री सहभागी कार्यक्रमसँग जोडेर शंका उठाउनु असान्दर्भिक रहेको भन्दै उनले यस्तो अभिव्यक्तिका लागि प्रमाण पेस गर्न माग गरे ।

सम्बन्धित खबर

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस…
जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…

Leave a Reply

Your email address will not be published. Required fields are marked *