• असार २४, २०८२
  • No Comment
  • 131

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

 हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेका कारण विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास सक्रिय रहेको हुँदा आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।

विशेषगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको चेतावनी दिइएको छ। त्यस्तै, देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानहरूमा पनि हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा वर्षाको गतिविधि जारी रहने महाशाखाले जनाएको छ।

सुरक्षाका लागि नदी किनार, पहिरो सम्भावित क्षेत्र तथा डुबान जोखिमयुक्त स्थानमा विशेष सतर्कता अपनाउन मौसमविद्हरूको आग्रह छ। यात्रारत सर्वसाधारण र स्थानीय निकायलाई आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *