• असार २२, २०८२
  • No Comment
  • 31

भ्रष्टाचारको आरोपमा जाजरकोटका डिभिजन वन प्रमुखमाथि कार्यकक्षमै कुटपिट

जाजरकोट । जाजरकोटस्थित डिभिजन वन कार्यालयका प्रमुख अमरप्रसाद साहमाथि आइतबार कार्यकक्षमै कुटपिट भएको छ। उहाँलाई भ्रष्टाचार गरेको आरोप लगाउँदै एक अपरिचित समूहले कार्यालय समयमै कुटपिट गरेको हो।

पीडित साहका अनुसार, उनी आफ्नो कार्यकक्षमा फाइलको काम गरिरहेका बेला ३-४ जनाको समूह एक्कासि भित्र पसेको थियो। समूहले ‘भ्रष्टाचारी’ भन्दै आक्रोशित रूपमा कराउँदै दुर्व्यवहार गरेको र हातपात गरेको उनले बताए। “म सामान्य फाइल हेर्दै थिएँ, उनीहरू अचानक पसेर मलाई थिचथाच पार्दै कुटे,” साहले भने। घटनामा उनलाई सामान्य चोटपटक लागेको छ।

यो घटना केही दिनअघि सार्वजनिक भएको एक भिडियो प्रकरणसँग जोडिएको छ। उक्त भिडियोमा प्रमुख साहले कार्यालयको तालिम हलमा मदिरा सेवन गरेको देखाइएको थियो, जसका कारण उनको चर्को आलोचना भएको थियो।

यद्यपि, साहले उक्त भिडियो आफ्नो चरित्र हत्या गर्न नियोजित रूपमा फैलाइएको दाबी गर्दै आएका छन्। “मैले कुनै गल्ती गरेको छैन। त्यो भिडियो कार्यालय समयभन्दा बाहिरको हो, तर त्यसलाई लिएर दुष्प्रचार गरियो,” साहले भने, “कानुन हातमा लिएर यसरी कुटपिट गर्ने अधिकार कसैलाई छैन। यो आक्रमण नियोजित देखिन्छ।”

घटनापछि जिल्ला प्रहरी कार्यालय जाजरकोटले अनुसन्धान सुरु गरेको छ। आक्रमणकारीको पहिचान भने भइसकेको छैन। जिल्ला प्रहरी प्रमुख वसन्त कुमार शर्माले कार्यालय परिसरको सीसीटीभी फुटेज संकलन गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए। “फुटेजको आधारमा दोषी पहिचान गरी कानुनबमोजिम कारबाही अघि बढाइन्छ,” उनले भने। प्रहरीले दोषीको खोजी कार्य तीव्र पारेको छ।

सम्बन्धित खबर

कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय पूर्वाधार

कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय…

हुम्ला। अब पवित्र कैलाश मानसरोवरको दर्शनका लागि नेपालबाटै सहज हुने भएको छ। हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीस्थित पाँच हजार मिटर उचाइको लाप्चा…
खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २ करोडको सहारा

खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २…

सुर्खेत। सुर्खेतमा केही महिनाअघि भएको विनाशकारी आगलागीबाट आफ्नो व्यापार-व्यवसाय गुमाएका एक व्यवसायीले बीमा रकम पाएपछि राहतको सास फेरेका छन्। आगलागीले खरानी…
साउथ एशियन स्कलर्स एकेडेमीको सहयोगमा सामुदायिक विद्यालयलाई फर्निचर सामग्री हस्तान्तरण

साउथ एशियन स्कलर्स एकेडेमीको सहयोगमा सामुदायिक विद्यालयलाई फर्निचर सामग्री…

सुर्खेत — निजी विद्यालयले सामुदायिक विद्यालयप्रति देखाएको उत्तरदायित्व र सद्भावको एउटा उदाहरण स्वरूप, साउथ एशियन स्कलर्स एकेडेमी, वीरेन्द्रनगर–३ बाट नजिकैको सामुदायिक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *