• असार २१, २०८२
  • No Comment
  • 276

कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका सवारी चालकको शव फेला

सुर्खेत  । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमा कार्यरत एक सवारी चालकको शव भेरी नदीमा फेला परेको छ।  २ हप्ताभन्दा बढी समयदेखि सम्पर्कविहीन रहेका उनको शव शुक्रबार सुर्खेतको बराहाताल गाउँपालिकास्थित भेरी नदी किनारमा भेटिएको हो।

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ निवासी अन्दाजी २९ वर्षीय हिमबहादुर विष्ट गत असार ६ गते कार्यालयमा ‘बिरामी छु’ भनी जानकारी दिएर निस्किएका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएका थिए।

उनको खोजी गर्ने क्रममा असार ९ गते उनले प्रयोग गर्ने सरकारी मोटरसाइकल सुर्खेतको भेरीगंगा नगरपालिकास्थित भेरी पुल नजिक सडकमा बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।  

लगातारको खोजीपछि आज शुक्रबार बराहाताल गाउँपालिका–४, साजघाट क्षेत्रको भेरी नदी किनारमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनजंग बुढथापाले  जानकारी दिनुभयाे।

   शवलाई पोस्टमार्टमका लागि प्रदेश अस्पताल सुर्खेत पठाउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *