• असार २०, २०८२
  • No Comment
  • 137

भौतिक पूर्वाधार विकास मन्त्रालयका सवारी चालक चार दिनदेखि बेपत्ता

  

 सुर्खेत। भौतिक पूर्वाधार विकास मन्त्रालय सुर्खेतमा कार्यरत एक सवारी चालक विगत चार दिनदेखि सम्पर्कविहीन भएका छन्। उनको सरकारी मोटरसाइकल भने मंगलबार बिहान भेरीगंगा नगरपालिकास्थित भेरी पुल नजिकै सडक किनारमा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-२ घर भई हाल वीरेन्द्रनगर-३, तातापानी बस्दै आएका २८/२९ वर्षीय हिमबहादुर बिष्ट यही असार ६ गतेदेखि सम्पर्कमा नरहेका हुन्।

प्रहरीका अनुसार, बिष्टले असार ५ गते साँझ मन्त्रालयको क.प्र. ०२-००१ ब ००७२ नम्बरको मोटरसाइकल लिएर आफ्नो कोठामा गएका थिए। भोलिपल्ट बिहान, अर्थात् असार ६ गते, उनले कार्यालयमा फोन गरी आफू बिरामी भएकोले आउन नसक्ने जानकारी गराएका थिए। त्यसयता उनी सम्पर्कमा आएका छैनन् र उनको मोबाइल फोन पनि बन्द रहेको छ।

उनी सम्पर्कविहीन भएको चार दिनपछि आज बिहान करिब ९:०० बजे उनको मोटरसाइकल भेरीगंगा नगरपालिका-२ स्थित भेरी पुलबाट करिब ५० मिटर पूर्व छिन्चु-सडकखण्डको छेउमा पार्किङ गरी राखेको अवस्थामा फेला परेको हो।

मोटरसाइकल फेला परेलगत्तै इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदमबहादुर खत्रीको कमाण्डमा ७ जना र प्रहरी चौकी सुब्बाकुनाबाट प्रहरी सहायक निरीक्षक तपेन्द्र कुमार शाहीको कमाण्डमा ३ जनाको संयुक्त प्रहरी टोली  अनुसन्धान गरीरहेकाे प्रहरीले जनाएकाे छ ।

 घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *