• असार २०, २०८२
  • No Comment
  • 167

भौतिक पूर्वाधार विकास मन्त्रालयका सवारी चालक चार दिनदेखि बेपत्ता

  

 सुर्खेत। भौतिक पूर्वाधार विकास मन्त्रालय सुर्खेतमा कार्यरत एक सवारी चालक विगत चार दिनदेखि सम्पर्कविहीन भएका छन्। उनको सरकारी मोटरसाइकल भने मंगलबार बिहान भेरीगंगा नगरपालिकास्थित भेरी पुल नजिकै सडक किनारमा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-२ घर भई हाल वीरेन्द्रनगर-३, तातापानी बस्दै आएका २८/२९ वर्षीय हिमबहादुर बिष्ट यही असार ६ गतेदेखि सम्पर्कमा नरहेका हुन्।

प्रहरीका अनुसार, बिष्टले असार ५ गते साँझ मन्त्रालयको क.प्र. ०२-००१ ब ००७२ नम्बरको मोटरसाइकल लिएर आफ्नो कोठामा गएका थिए। भोलिपल्ट बिहान, अर्थात् असार ६ गते, उनले कार्यालयमा फोन गरी आफू बिरामी भएकोले आउन नसक्ने जानकारी गराएका थिए। त्यसयता उनी सम्पर्कमा आएका छैनन् र उनको मोबाइल फोन पनि बन्द रहेको छ।

उनी सम्पर्कविहीन भएको चार दिनपछि आज बिहान करिब ९:०० बजे उनको मोटरसाइकल भेरीगंगा नगरपालिका-२ स्थित भेरी पुलबाट करिब ५० मिटर पूर्व छिन्चु-सडकखण्डको छेउमा पार्किङ गरी राखेको अवस्थामा फेला परेको हो।

मोटरसाइकल फेला परेलगत्तै इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदमबहादुर खत्रीको कमाण्डमा ७ जना र प्रहरी चौकी सुब्बाकुनाबाट प्रहरी सहायक निरीक्षक तपेन्द्र कुमार शाहीको कमाण्डमा ३ जनाको संयुक्त प्रहरी टोली  अनुसन्धान गरीरहेकाे प्रहरीले जनाएकाे छ ।

 घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

सम्बन्धित खबर

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

काठमाडौं — भूमिहीन तथा सुकुम्वासीको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले नेपाली कम्युनिस्ट पार्टीका संयोजक…
अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम/बझाङ — जबरजस्ती करणी गरेको अभियोगमा अछाम र बझाङबाट दुई जना पक्राउ परेका छन्। अछामको ढकारी गाउँपालिका–२ बलातीबाडा कालिकास्थानका १९ वर्षीय…
पूर्वसांसद ग्लानले त्यागे माओवादी

पूर्वसांसद ग्लानले त्यागे माओवादी

मकवानपुर — बागमती प्रदेशका पूर्वसांसद ओमबहादुर ग्लानले माओवादी केन्द्रको सदस्यता त्यागेको घोषणा गरेका छन्। जनयुद्धका सहभागीसमेत रहेका ग्लानले सोमबार एक विज्ञप्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *