• असार २०, २०८२
  • No Comment
  • 122

सुर्खेतकाे भेरीगंगा नगरपालिकामा चट्याङ लागेर एकको मृत्यु, चार जना घाइते

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा खेतमा रोपाइँ गरिरहेको बेला चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार  शुक्रबार दिउँसो करिब ३ बजे भेरीगंगा नगरपालिका-८, कुईरेस्थित स्थानीय बिरबहादुर थापाको खेतमा रोपाइँ गरिरहेका बेला एक्कासी चट्याङ परेको थियो। चट्याङ लागेर रोपाइँमा संलग्न ५ जना घाइते भएका थिए।

चट्याङ लागेर गम्भीर घाइते भएका भेरीगंगा-८ का २७ वर्षीय डिलबहादुर शाहीको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा घाइते हुनेहरुमा सोही स्थानका १७ वर्षीय पर्बत विक, १९ वर्षीय हुमबहादुर थापा, १८ वर्षीय नविन विक र ३० वर्षीया सुनिता गिरी रहेका छन्। उनीहरुको अवस्था सामान्य रहेको र मेहलकुना अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरि कार्यालयले जनाएकाे छ।

 इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदमबहादुर खत्रीको नेतृत्वमा १० जना र प्रहरी पोष्ट जहरेबाट प्रहरी सहायक निरीक्षक खगेन्द्र सुनारको नेतृत्वमा ५ जनाको प्रहरी  टोलीले घाइतेहरुको उद्धार गरी उपचारका लागि तत्काल मेहलकुना अस्पताल पठाएको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *