• असार २०, २०८२
  • No Comment
  • 197

सुर्खेतकाे भेरीगंगा नगरपालिकामा चट्याङ लागेर एकको मृत्यु, चार जना घाइते

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा खेतमा रोपाइँ गरिरहेको बेला चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार  शुक्रबार दिउँसो करिब ३ बजे भेरीगंगा नगरपालिका-८, कुईरेस्थित स्थानीय बिरबहादुर थापाको खेतमा रोपाइँ गरिरहेका बेला एक्कासी चट्याङ परेको थियो। चट्याङ लागेर रोपाइँमा संलग्न ५ जना घाइते भएका थिए।

चट्याङ लागेर गम्भीर घाइते भएका भेरीगंगा-८ का २७ वर्षीय डिलबहादुर शाहीको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा घाइते हुनेहरुमा सोही स्थानका १७ वर्षीय पर्बत विक, १९ वर्षीय हुमबहादुर थापा, १८ वर्षीय नविन विक र ३० वर्षीया सुनिता गिरी रहेका छन्। उनीहरुको अवस्था सामान्य रहेको र मेहलकुना अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरि कार्यालयले जनाएकाे छ।

 इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदमबहादुर खत्रीको नेतृत्वमा १० जना र प्रहरी पोष्ट जहरेबाट प्रहरी सहायक निरीक्षक खगेन्द्र सुनारको नेतृत्वमा ५ जनाको प्रहरी  टोलीले घाइतेहरुको उद्धार गरी उपचारका लागि तत्काल मेहलकुना अस्पताल पठाएको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ

सम्बन्धित खबर

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

काठमाडौं – अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन्। अध्यागमन विभागका अनुसार तीमध्ये ७९ जना पुरुष र…
खाली पेटमा यी खानेकुरा नखानुहोस्

खाली पेटमा यी खानेकुरा नखानुहोस्

काठमाडौँ – बिहान उठ्ने बित्तिकै के खाने भन्ने कुराले दिनभरि शरीरको ऊर्जा, पाचन र एकाग्रतामा ठूलो प्रभाव पार्छ। रातभर उपवास बसेपछि…

Live-Score-Analyse: Mehr als nur Ergebnisse für den erfahrenen Zocker

Einleitung: Die Bedeutung von Live-Scores für Profis Für den erfahrenen Glücksspieler ist das Verständnis der Dynamik eines Spiels während des Geschehens…

Leave a Reply

Your email address will not be published. Required fields are marked *