• असार २०, २०८२
  • No Comment
  • 20

जाजरकोटमा भिरबाट खसेको ढुंगाले टहरो पुरिँदा दुई युवतीको मृत्यु

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकामा मंगलबार राति भिरबाट खसेको ढुंगाले अस्थायी टहरोमा सुतिरहेका दुई युवतीको च्यापिएर मृत्यु भएको छ।

मृत्यु हुनेमा कुशे गाउँपालिका-३ तर्पेना निवासी १६ वर्षीया चन्द्रा बुढा र २० वर्षीया सर्मिला बुढा रहेका छन्। इलाका प्रहरी कार्यालय, अर्छानेका अनुसार भूकम्पपछि बनाइएको अस्थाइ  टहरामा सुतिरहेको अवस्थामा उनीहरु मृत्यु भएकाे हो।

  घरमाथिको भिरबाट एक्कासी खसेको ठूलो ढुंगाले टहरोलाई किच्दा चन्द्रा बुढाको घटनास्थलमै मृत्यु भएको थियो। घटनामा गम्भीर घाइते भएकी सर्मिला बुढालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र अर्छानेतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।  

घटनाबारे स्थानीय वडा अध्यक्ष वीरबहादुर बुढाले राति ९:३५ बजे जानकारी गराएपछि इलाका प्रहरी कार्यालय अर्छानेबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) खगिराम सारु मगरको नेतृत्वमा ५ जनाको टोली घटनास्थलतर्फ गएको थियो।  

 घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अर्छानेले जनाएको छ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *