• असार १६, २०८२
  • No Comment
  • 11

बलात्कार मुद्दाका फरार प्रतिवादी सहित ४ जना सुर्खेतमा पक्राउ

 सुर्खेत ।  अदालतबाट दोषी ठहर भई फरार रहेका चार जना प्रतिवादीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। जबरजस्ती करणी उद्योग, हातहतियार खरखजाना र कुटपिट जस्ता विभिन्न मुद्दामा सजाय तोकिएपछि लुकिछिपी बस्दै आएका उनीहरूलाई प्रहरीले असार १६ गते पक्राउ गरी सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार पक्राउ पर्नेमा जबरजस्ती करणी उद्योग मुद्दामा २ वर्ष ६ महिना कैद सजाय सुनाइएका सुर्खेतको चौकुने गाउँपालिका-३ का रमेश बुढा रहेका छन्।

त्यस्तै, हातहतियार खरखजाना मुद्दामा ५ महिना कैद र ५,००० रुपैयाँ जरिवाना तोकिएका गुर्भाकोट नगरपालिका-९ का गणेश बहादुर डाँगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी, कुटपिट मुद्दामा जनही २,५०० रुपैयाँ जरिवाना सजाय पाएका भेरीगंगा नगरपालिका-११ की चन्द्रकला वि.क. र सुर्खेतकै गिता कामीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला अदालत, सुर्खेतको फैसलापछि फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटबाट खटिएको विशेष प्रहरी टोलीले खोजतलास गरी पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि आइतबार नै जिल्ला अदालत, सुर्खेतमा  उपस्थित  गरिएको प्रहरिले जनाएकाे छ।

सम्बन्धित खबर

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री ओलीको निर्देशन

एनपीएल आयोजना तयारीमा ध्यान दिन राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री…

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई नेशनल प्रिमियर लिग (एनपीएल) को आयोजनाको तयारीमा ध्यान दिन आग्रह गरेका छन्। राखेपले…
सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…
सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले ठूलो परिमाणको लागुऔषध (अफिम)सहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको भेरीगंगा नगरपालिका-१०, छिन्चु बजारबाट करिब साढे ५ किलो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *