• असार १४, २०८२
  • No Comment
  • 165

जङ्गली च्याउ खाँदा सुर्खेतकाे गुर्भाकोटमा एकै परिवारका ५ जना बिरामी

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकामा जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन्। उनीहरुलाई उपचारका लागि मेहलकुना अस्पतालमा भर्ना गरिएको छ।

गुर्भाकोट नगरपालिका–१०, डाँफेका एकै परिवारका सदस्यहरुले  शनिबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाएपछि बिरामी परेका हुन्। बिरामी हुनेहरुमा ५४ वर्षीया भिमसरा खत्री, २८ वर्षीया शुसिला श्रीष, २७ वर्षीया जानकी पौडेल, २८ वर्षीया तारा खत्री र १३ वर्षीया शिरिष खत्री रहेकाे प्रहरीले जनाएकाे छ।

इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार, उनीहरुले शुक्रबार बिहान करिब ९:३० बजेतिर घर नजिकैको जङ्गलबाट ल्याएको नाम नखुलेको च्याउको तरकारी खाएका थिए। च्याउ खाएपछि बान्ता हुने, पेट दुख्ने जस्ता लक्षण देखिएपछि उनीहरुलाई सोही दिन साँझ ४:५५ बजे मेहलकुना अस्पतालमा पुर्याइएको थियो।

अस्पतालका अनुसार, १३ वर्षीया शिरिषको अवस्था सामान्य छ भने अन्य चार जनाको अवस्था मध्यम रहेको छ। सबै जना बोल्न सक्ने अवस्थामा रहेको र उनीहरुको उपचार भइरहेको अस्पतालमा खटिएका प्रहरी जवान गोपाल गुरुङले जानकारी दिए।  

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *